मध्य र पूर्वी पहाडी भूभागमा हल्का वर्षा हुने | Khabarhub Khabarhub

मध्य र पूर्वी पहाडी भूभागमा हल्का वर्षा हुने


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका पूर्वी र मध्य पहाडी भूभागमा आज मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । मध्य र पूर्वी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

काठमाडौँ उपत्यकामा अहिले बिहानको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २५ गते (शुक्रबार)

दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २६ गते (शनिबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।
रातिः देशका पश्चिमी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

पुस २७ गते (आईतबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।
रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ९ : २४ बजे

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा

यस्ता छन्, काफल खाँदाका फाइदा

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल

ताइवानमा ८० बढी भूकम्पको धक्का

काठमाडौँ– ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी

देशको समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : सभामुख

काठमाडौँ– सभामुख देवराज घिमिरले देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति