कम्युनिष्ट नेता मणिकलाल गौतमको निधनले दुःखी बनायो- प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

कम्युनिष्ट नेता मणिकलाल गौतमको निधनले दुःखी बनायो- प्रधानमन्त्री ओली


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दाङका कम्युनिष्ट नेता मणिकलाल गौतमको निधनमा  दुःख व्यक्त गरेका छन् ।

बुधबार एक शोक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले दाङको कम्युनिष्ट आन्दोलनका संस्थापक नेतासमेत रहेका गौतमको निधनले आफूलाई अत्यन्तै दुखित तुल्याएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले दिवंगत गौतमप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

गौतमले दाङ क्षेत्रमा पार्टी स्थापनादेखि नै लामो समयसम्म स्वतन्त्रता, सामाजिक न्याय, समानता र प्रगतिशील आन्दोलनमा निरन्तर रुपमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताउँदै प्रधानमन्त्री ओलीले न्याय, स्वतन्त्रता र सामाजिक परिवर्तनको आन्दोलनमा उनको निष्ठा र समपर्णको सम्मान गरेका छन् ।

विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गाैतम नेकपा दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । उनको आज बिहान ३ बजे निधन भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०