विप्लव समूहविरूद्ध रणनीति तय गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक | Khabarhub Khabarhub

विप्लव समूहविरूद्ध रणनीति तय गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका आपराधिक गतिविधि बढेपछि आवश्यक रणनीति तय गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बसेको छ ।

गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरू भएको बैठकमा विप्लव समूहका गतिविधी समीक्षा गर्दै आवश्यक रणनीति तय गर्ने तयारी भएको छ ।

मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार चन्द समूहले हत्या गरेपछि त्रास छाएको छ ।

बैठकमा प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी छन् ।

२०७५ माघ २८ को मन्त्रिपरिषद् बैठकले विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएपछि विप्लव समूह भूमिगत छ ।

यही बेला राजतन्त्रको माग गर्दै प्रदर्शन पनि बढेको छ । गणतन्त्रका विरूद्ध तथा राजतन्त्रका पक्षमा प्रदर्शन भएपछि प्रधानमन्त्री ओलीले मंगलबार  नै सर्वदलीय बैठक पनि आह्वान गरेका थिए ।

चन्द समूह र राजावादीको गतिविधिका बारेका सुरक्षा प्रमुखहरुबाट आवश्यक ब्रिफिङ लिएपछि त्यही अनुसार कदम चाल्ने सरकारको तयारी छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ३ : १० बजे

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

काठमाडौं– नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

काठमाडौं– नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन

वीरगञ्ज भन्सारबाट एक अर्ब राजस्व संकलन 

वीरगञ्ज– मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक