म्यान्चेस्टर च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो | Khabarhub Khabarhub

म्यान्चेस्टर च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा जर्मन क्लब आरबी लाइपजिगसँग ३–२ गोलले पराजित हुँदै युनाइटेड समूह चरण बाटै बाहिरिएको हो ।

घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन एन्गेलिनो, अम्डु हइडारा र जस्टिन क्लुभेर्टले एक–एक गोल गरे । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र पाउल पोग्बाले एक–एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा एन्गेलिनोको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो । १३ औं मिनेटमा हइडाराले गोल गर्दै लाइपजिगको अग्रता दोब्बर पारे ।

६९ औं मिनेटमा जस्टिनले गोल गर्दै लाइपजिगलाई जिततर्फ अगाडि बढाए । ८० औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई केही राहत दिलाए । त्यसको दुई मिनेट पछि पोग्बाले गोल गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।

जितसँगै लाइपजिग समूह एचको विजेता बनेको छ । पराजित युनाइटेड समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : ०५ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना