चितुवाको आक्रमणबाट किशाेरीको ज्यान गयो  | Khabarhub Khabarhub

चितुवाको आक्रमणबाट किशाेरीको ज्यान गयो 


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी— चितुवाको आक्रमणबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ ।शिवनाथ गाउँपालिका–४ की माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको हो ।

सोमबार दिउँसो डडल्धुराको भागेश्वर गाउँपालिकाको मर्मागाड जंगलमा घाँस काटिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको र घटनास्थलमै ज्यान गएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।

उनका अनुसार शिवनाथ र डडेल्धुरकाको भागेश्वर वारीपारी भएकोले घाँसदाउरा गर्न यताका स्थानीय उतै जाने गरेका छन् । ठूलो जंगल पर्ने भएकोले स्थानीयहरु त्यहाँ जाने गरेका उनले बताए ।

आइतबार पनि त्यही जंगलमा डडल्धुराका १२ वर्षका बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : २१ बजे

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द