बैठक राख्न बहुमत सचिवालय सदस्यले ओलीलाई दिएको समयसीमा सकिँदै | Khabarhub Khabarhub

बैठक राख्न बहुमत सचिवालय सदस्यले ओलीलाई दिएको समयसीमा सकिँदै

प्रचण्ड निवासमा महासचिव पौडेल


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टी विवादको निरूपणका लागि बैठक डाक्न नेकपाका बहुमत सचिवालय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको दुई दिनको समयसीमा आज सकिदैछ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुई दिनअघि लिखित माग राख्दै बैठक डाक्न ओलीलाई आग्रह गरेका थिए ।

आवश्यक सल्लाह गरेर बैठक डाक्ने बचन दिएका ओलीले अझै त्यसबारे निर्णय गरेका छैनन् । यद्यपि उनले आन्तरिक छलफल बढाएका छन् ।

वरिष्ठ नेता माधव कुमार नेपाललाई आइतबार बालुवाटारमा बोलाएर ओलीले छलफल गरेका छन् । उक्त छलफलमा ओलीले पार्टी विभाजनबाट जोगाउने भूमिका खेल्न नेता नेपाललाई आग्रह गरेको बताइएको छ ।

उनले आफू निकटस्थ नेताहरूसँग पनि परामर्श गरेका छन् । तर, बैठक डाक्ने नडाक्ने भन्नेबारे अझै निधो गरेका छैनन् । अझै पनि अर्का अध्यक्ष दाहालसँग पूर्वसहमति गरेर मात्रै बैठक डाक्ने तयारीमा रहेका ओलीले महासचिव विष्णु पौडेललाई खुमलटार पठाएका छन् ।

ओलीको सन्देश बोकेर खुमलटार पुगेका महासचिव पौडेलले दुई अध्यक्षबीच समझदारीको कोशिस गरिरहेको स्रोतले बताएको छ ।

आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका ओली फेरि रक्षात्मक बनेका छन् ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल-नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल-नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स-साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।

विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल-नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ११ : १६ बजे

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि