नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोडको ट्रेजरी बिल बेच्दै | Khabarhub Khabarhub

नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोडको ट्रेजरी बिल बेच्दै


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ ।

राष्ट्र बैंकले बोलकबोलबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज दिउँसो २ बजे बोलकोबल  गरेर मंगलबार ट्रेजरी बिल विक्री गरिने जनाइएको छ ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि रू. १० करोड र १८२ दिनका लागि १२ अर्बको ट्रेजरी बिल विक्री गर्न लागेको हो । गैरप्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ ।

सरकार वा राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गरिने एक प्रकारको ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । यो २८, ९१, १८२ र ३६४ दिन अवधीको हुन्छ । यी बिभिन्न प्रकारका ट्रेजरी बिल राष्ट्र बैंकले निष्काशन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : ४५ बजे

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज