शास्त्रले भन्छ- जन्मदिनमा यस्ता काम गर्दै नगर्नुस् | Khabarhub Khabarhub

शास्त्रले भन्छ- जन्मदिनमा यस्ता काम गर्दै नगर्नुस्


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरेक मान्छेले आफ्नो जनम्दिन विशेष रुपमा मनाइरहेका हुन्छन् । कुनै न कुनै माध्यमबाट जन्मदिन अर्थात् बर्थडे सेलिब्रेसन गरिरहेका हुन्छन् ।

कसैले तिथिको आधारमा जन्मदिन मनाउँछन्, त कसैले तारिखको आधारमा त कसैले जन्ममिति अर्थात् गतेको आधारमा जन्मदिन मनाइरहेका हुन्छौं । जन्मदिन खास तिथि अनुसार मनाउनु राम्रो मानिन्छ ।

जन्मदिन मनाउँदै गर्दा केही गर्न हुने काम पनि छन् र केहि गर्न नहुने काम पनि छन् । जुन कुरा धेरैई थाहा हुन पनि सक्छ ।

हामी आज जन्मदिको दिन के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्नेबारे केहि जानकारी दिन गइरहेका छौं । जन्मदिनमा हामी इष्टमित्र, साथीभाई बोलाएर खुसियाली आदानप्रदान गर्छौं । पार्टी गर्छौं । तर त्यसबखत् हामीले गर्ने नहुने काम पनि गरिरहेका हुन्छौं ।

केही कामहरु छन् जुन तपाईले जन्मदिको बेला भुलेर पनि गर्नुहुँदैन । यस्ता कामहरु गर्दा तपाइँले जीवनमा धेरै कष्ट व्यहोर्नुपर्ने हुन्छ ।

यी कामहरु आफ्नो जन्मदिनमा भुलेर पनि नगर्नुहोस्

१. नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने : आफ्नो जन्मदिनको दिनमा नङ काट्ने, कपाल काट्ने, तेल मालिस गर्ने जस्ता कामहरु गर्नु हुँदैन । आफ्नो जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आयु क्षीण हुनु हो । कपाल काट्ने, तेल मालिस गर्ने गर्नु भनेको जीवनमा रोग, ब्याध र कष्ट पर्नु हो ।

२. हत्या हिंसा गर्नु हुँदैन : जन्मदिनको दिन भुलेर पनि गर्नै नहुने काम भनेको हत्या हिंसा हो । विशेषतः जन्मदिनको सेलिब्रेसन गर्ने नाममा पशु चौपायाको हत्या गर्ने, मासु खाने, आफन्त साथीभाई बोलाएर भोज लगाउने प्रचलन नै छ ।

तर यो सबैभन्दा ठूलो भुल हो । जतिसुकै पूजा पाठ गर्नुस् धर्मकर्म गर्नुस् यदि जन्मदिनको दिन पशु चौपायको हत्या गर्नुभयो भने जिवनमा ठूलो उन्नतिको अपेक्षा राख्दै नराख्नुस् । जीवनमा धेरै उतारचढाव आइलाग्छ । हुन त पशु चौपायाको हत्या गर्नु पाप नै हो तर जन्मदिनको दिनमा यो गल्ति नगर्नुहोस् ।

३. मांसाहारी भोजन नगर्ने : जन्मदिनको दिन तामसी र राजसी भोजन (माछा, मासु, अण्डा, मदिराजन्य पदार्थ सेवन गर्नु हुँदैन । माछा, मासु र मदिरा जस्ता चिजहरुले कुण्डलीमा शनि दशा बिग्रदै जान्छ । शनि ग्रह बिग्रदै जानु भनेको तपाइको भाग्य बिग्रदै जानु हो । त्यसैले आफ्नो जन्मदिनको दिन यस्तो गल्ति नगर्नुहोस् ।

४. तितो बचन नगर्नुस् : जन्मदिनको दिन कसैलाई पनि तितो बचन नगर्नुस् । जन्मदिनको दिन सबैलाई खुसि बनाउने प्रयास गर्नुस् । कससँग पनि बादविवाद र झगडा नगर्नुस् । सुमधुर बोल्ने प्रयत्न गर्नुस् । सकेसम्म त सधै नै सुमुधुर बचन गर्नु राम्रो हुन्छ तर जन्मदिनको दिन विशेषत सबैलाई हँसाउने प्रयत्न गर्नुहोस् ।

यी काम गर्नुहोस

दान गर्नुस् : जन्मदिनको दिन गरिब दुखीको सेवा गर्नुस् । दान गर्नुहोस् । हत्या हिंसा गर्नु भन्दा नि गरिब दुखीको सेवा गर्नतिर लाग्नुस् । तपाइ जन्मदिन भनेर १०० जना आफन्त बोलाएर खुवानु भन्दा तिनलाई एक छाक भएपनि खुवानुहोस् जो भोका छन् ।

पुजा पाठ गर्नुहोस् : जन्मदिनको दिन पुजा पाठ र नव ग्रह शान्ति गराउनुहोस् ।
खुशियाली बाढ्नुहोस् : परिवार साथीभाई इष्टमित्र र समाज सबैसंग खुशियाली बाढ्नुहोस् ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : ०० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न