गैरआवासीय नेपाली विकास साझेदार हुन् : परराष्ट्रमन्त्री ज्ञवाली | Khabarhub Khabarhub

गैरआवासीय नेपाली विकास साझेदार हुन् : परराष्ट्रमन्त्री ज्ञवाली


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताएका छन् ।

गैरआवासीय नेपाल सङ्घ(एनआरएन)को आयोजनामा शुरु भएको दोस्रो ज्ञान सम्मेलनमा मन्त्री ज्ञवालीले संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरिसकेका सन्दर्भमा संसदमा विचाराधीन नागरिक विधेयक र आगामी बन्ने कानूनमा थप सहजता निर्माण हुने स्पष्ट गरे ।

कार्यक्रममा काठमाडौंँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, एनआरएनएका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्ष देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्टलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

संघका महासचिव डा हेमराज शर्माका अनुसार यही असोज २५ सम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रबाट ३०० भन्दा बढी प्रस्तोताको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ०९ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित