बागलुङ बाढीमा ज्यान गुमाउनेको संख्या २१ पुग्यो  | Khabarhub Khabarhub

बागलुङ बाढीमा ज्यान गुमाउनेको संख्या २१ पुग्यो 


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- गत भदौ १७ गते राति ढोरपाटनमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

बाढीमा अझै १७ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ता खोज्ने क्रममा आज एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका–६ स्थित बडिगाड खोलामा फेला परेको उद्धारमा खटिनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

यस्तै मङ्गलबार दुई महिलाको बडिगाड खोलामा शव फेला परेको थियो ।

बडिगाड गाउँपालिका ६ र ७ नम्बर वडाको बडिगाड खोला किनारामा २५ वर्षीया कुमारी विक र २५ वर्षीया चनी विकको शव फेला परेको थियो ।

आज फेला परेका दुई शवको पहिचान भने हुन सकेको छैन । शव बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ९ : ०२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६