यी हुन् बक्स अफिसमा सबैभन्दा बढी कमाइ गर्ने अक्षय कुमारका उत्कृष्ट १० फिल्म | Khabarhub Khabarhub

यी हुन् बक्स अफिसमा सबैभन्दा बढी कमाइ गर्ने अक्षय कुमारका उत्कृष्ट १० फिल्म


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अक्षय कुमारले आफ्नो करिअरदेखि नै उत्कृष्ट फिल्महरु दिँदै आएका छन् । उनका फिल्मले बक्स अफिसमा शानदार सफलता हासिल गर्ने गर्छन् ।

अहिले पनि  उनका हातमा कैयन् फिल्म छन् । फरक–फरक भूमिका निभाउने अक्षयको जुनसुकै भूमिका पनि दर्शकले रुचाएका छन् ।

आफ्नो लामो करिअरमा अक्षयले कैयन् सफल फिल्म दिएका छन् । तीमध्ये यी दश फिल्मले सर्वाधिक कमाइ गरेका छन्:

गुड न्यूज (२०१९)

कुल कलेक्सनः २०५.१४ करोड भारु

अक्षय कुमारको करिअरको सर्वाधिक कलेक्सन गर्ने फिल्म हो, गुड न्यूज । लामो समयपछि यो कमेडी फिल्मले दर्शकको मन जित्यो ।
फिल्ममा अक्षय र करीनाको कपूरको केमेष्ट्रीको पनि दर्शकले तारिफ गरे ।

मिसन मंगल (२०१९)

कुल कलेक्सनः २०२.९८ करोड भारु

मिसन मंगलबाट अक्षय कुमारले बक्स अफिसमा २ सय करोडको आँकडा पार गर्‍यो । रिलिज पहिले यो फिल्मले यति कमाउला भन्ने अनुमान गरिएको थिएन ।

हाउसफूल ४ (२०१९)

कुल कलेक्सनः १९४.६० करोड भारु

यो फिल्मले मिश्रित प्रतिक्रिया पायो तर कमाइ भने राम्रो गर्न सफल भयो । टिभीमा प्रसारण हुँदा पनि यो फिल्म उत्तिकै रुचाइयो ।

२.० (२०१८)

कुल कलेक्सनः १८९.५५ करोड भारु

अक्षय कुमारले यो फिल्ममा खलनायकको भूमिका निभाएका थिए । फिल्ममा उनी अक्षय कुमारसँग टक्कर लिँदै गरेको देखिएको थियो ।

फिल्मको स्पेशल इफेक्टको खुबै तारिफ भयो । फिल्मले मिश्रित प्रतिक्रिया पाए पनि बक्स अफिसमा हिट भयो ।

केसरी (२०१९)

कुल कलेक्सनः १५४.४१ करोड भारु

सन् २०१९ मा रिलिज भएको यो फिल्म एक वास्तविक घटनामा आधारित छ । फिल्ममा अक्षय कुमारले देशभक्ति योद्धाको भूमिका निभाएका छन् ।

ट्वाइलेट एक प्रेमकथा (२०१७)

कुल कलेक्सनः १३४.२२ करोड भारु

बक्स अफिसमा हिट भएको यो फिल्मले एक सन्देश दिन्छ । ट्वाइलेटमा आधारित रहेर बनेको यो फिल्मले खुबै तारिफ पायो । अक्षय कुमारले फिल्मका माध्यमबाट ट्वाइलेट मिसनलाई पनि अगाडि बढाए ।

राउडी राठोर (२०१२)

कुल कलेक्सनः १३३.२५ करोड भारु

सन् २०१२ को यो सुपरहिट फिल्ममा अक्षय कुमार एक्सन रोमान्स र कमेडी भूमिकामा देखिएका छन् । फिल्ममा अक्षय कुमारले दोहोरो भूमिका निभाएका छन् ।

एअरलिफ्ट (२०१६)

कुल कलेक्सनः १२८.१० करोड भारु

बक्स अफिसमा हिट साबित भएको यो फिल्ममा अक्षय कुमार एक गम्भीर भूमिकामा देखिएका छन् । फिल्मबाट उनले राम्रो तारिफ कमाएका थिए ।

रुस्तम (२०१६)

कुल कलेक्सनः १२७.४९ करोड भारु

यो फिल्ममा अक्षय कुमार बिल्कुलै फरक भूमिकामा देखिएका छन् । नानावटी काण्डमा आधारित यो फिल्म बक्स अफिसमा हिट भउको थियो ।

जोली एलएलबी (२०१७)

कुल कलेक्सनः ११७ करोड भारु

यो फिल्ममा अक्षय कुमार एक वकिलको भूमिकामा देखिएका छन् । अदालत र कानूनको दाउपेच देखाइएको यो फिल्मले राम्रो कमाइ गर्न सफल भयो ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ६ : २२ बजे

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई