वीरगञ्जको नेशनल मेडिकल कलेजमा यो हदको लापरवाही | Khabarhub Khabarhub

वीरगञ्जको नेशनल मेडिकल कलेजमा यो हदको लापरवाही

पीसीआर रिपोर्ट कुर्दाकुर्दै आइसियुमा बिरामीको मृत्यु, रिपोर्ट नेगेटिभ


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भदौ २० गते राति श्वासप्रश्वासमा समस्या भएपछि बाराका विक्रम चौधरीलाई आफन्तले राति २ बजे वीरगञ्ज पुर्‍याए ।

भोलिपल्ट बिहान ४ बजे नेशनल मेडिकल कलेज पुगे । कलेजले केही परीक्षण र एक्स-रे गरेपछि उनमा कोरोना भाइरस संक्रमणको शंका गरेर वीरगञ्जकै नारायणी अस्पतालमा रेफर गर्‍यो ।

कलेजले नारायणी अस्पतालसँग समन्वय गरेर नै बिरामी पठायो । बिहान ११ बजे उनी नारायणी अस्पतालको आकस्मिक सेवा विभागमा लगिए । बिरामीका आफन्तले उनमा श्वासप्रश्वासको समस्या भएको जानकारी गराए ।

दिउँसो १२ बजे कोरोना परीक्षणका लागि स्वाब संकलन गरियो । रिपोर्ट तीन घण्टामा रिपोर्ट आउँछ भनेर जानकारी गराइयो ।

अपराह्न साढे ३ बजेसम्म पनि रिपोर्ट आएन । बिरामीका आफन्त धीरज गुप्ताका अनुसार नारायणी अस्पतालको ल्याब परिसरमा साढे ३ बजे अस्पतालकै कर्मचारीबीच झगडा भइरहेको थियो ।

‘साढे ३ बजे अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू ग्याङ झगडा गरिरहेका थिए,’ गुप्ताले खबरहबसँग भने, ‘त्यसपछि ल्याबको काममा असर पर्‍यो । उनीहरूले २१ गते रिपोर्ट दिएनन् ।’

त्यसपछि अस्पतालले बिरामीलाई ४ बजेतिर आइसियुमा सार्‍यो । आफन्तले बिरामीको अवस्था गम्भीर भएको अनुमान गरेका थिए । बिहान ११ बजे भर्ना भएका उनलाई पाँच घण्टापछि आइसियुमा सारेपछि उपचार सुरु भयो भनेर बिरामीका आफन्त ढुक्क भए ।

बिरामी आइसियुमा त राखिए तर डाक्टर नगएको धीरजको भनाइ छ । आइसियुमा भर्ना भएका बिरामी आफैँ उठेर पिसाब फेर्न शौचालय निस्किएपछि उनीहरूले आइसियुमा बिरामी निगरानी गर्ने कोही नभएको थाहा पाए ।

‘बिरामीलाई आइसियुमा राखेपछि कोरोना नै लागेको भए पनि तत्काल केही नराम्रो हुँदै भन्ने सोचियो,’ गुप्ताले भने, ‘तर हामीले सोचेजस्तो भएन, उपचार नै भएनछ ।’

आइसियुबाट बिरामी आफैँ शौचालय गएपछि आफन्तहरू आइसियु कक्षमै गएर जानकारी मागे । धीरजका अनुसार उनीहरूले त्यहाँ कोही चिकित्सक भेटेनन् । वार्डमा रहेका एटेन्डेन्टहरूले पनि वास्ता गरेनन् ।

आइसियुमा रहेकै अवस्थामा सोही दिन साँझ ७ बजे विक्रमको ज्यान गयो । उनको मृत्यु भएपछि एकजना चिकित्सक पुगेको धीरजले बताए ।

‘६ बजेपछि बिरामी छटपटाउन थाले, ७ बजे मृत्यु भयो,’ धीरजले भने, ‘त्यसपछि मात्र एकजना डाक्टर गएर हेर्नुभयो । हामीले आफन्त गुमायौँ।’

आइसियुमा भर्ना गरे पनि उपचार नपाएर बिरामीको मृत्यु भएको मृतकका आफन्तको अरोप छ । ‘उपचार नै नभएर मृत्यु भएको हो, आइसियुमा भर्ना भएपछि हामीले उपचार हुन थालेको ठान्यौँ तर अस्पतालले आइसियु बेडमा मात्र राख्यो, उपचार गरेन । आइसीयुमा बिरामी अक्सिजन सपोर्टमा हुन्थ्यो भने आफैँ उठेर शौचालय जाने थिएन ।’

कोरोनाको आशंकामा भर्ना भएका विक्रमको मृत्यु भएपछि आफन्तले शव उठाउन पनि पीसीआर रिपोर्ट कुर्नुपर्‍यो । आइसियुमा २१ गते राति मृत्यु भएका विक्रमको पीसीआर परिपोर्ट २२ गते बिहान साढे ११ बजे आयो, जो नेगेटिभ थियो । अर्थात्, उनमा कोरोना संक्रमण थिएन ।

अस्पतालले बेलुका ४ बजे फरि अर्को रिपोर्ट दियो, त्यसमा पनि नेगेटिभ नै थियो । अचम्मको के थियो भने २२ गते नै आएको रिपोर्ट कार्डमा मिति भने भोलिपल्ट अर्थात भदौ २३ गते लेखिएको थियो ।

मृतकका आफन्तले अस्पतालको लापरबाहीको अर्को उदाहरण सोही रिपोर्टको मिति समेत भएको बताए ।

‘२२ गते हामीले पाएको रिपोर्टमा २३ गतेको मिति लेखिएको थियो’ धीरजले भने, ‘अस्पतालमा यस्तो लापरवाही छ ।’ आफन्तले अस्पतालले उपचार नगरेको कारण बिरामीको मृत्यु भएको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्सामा उजुरी दिएका छन् । उजुरी परेपछि जिल्ला प्रशासनको निर्देशनमा अस्पतालमा छानविन समिति बनेको छ ।

अस्पतालले छानविन गरिसकेको र त्यसको रिपोर्ट बिहीबारसम्ममा आउने अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरासियाले खबरहबलाई बताए ।

छावविन समितिमा समेत रहेका डा. चौरासियाले प्रारम्भिक अनुसन्धानबाट बिरामीको उपचारकै क्रममा मृत्यु भएको देखिएको बताए ।

‘हामीले छानविन गरिरहेका छौँ, भोलिसम्म हाम्रो अनुसन्धान सकिन्छ,’ डा. चौरासियाले खबरहबसँग भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले उहाँको उपचार भएको देखिन्छ, पीसीआर रिपोर्ट पनि नेगेटिभ आएको हो, उहाँमा निमोनिया डेपलभ भइसकको र शरीरमा अक्सिजन लेभल निकै कम भएकोले मृत्यु भएको देखिएको छ ।’

डा. चौरासियाले ती बिरामीलाई पीसीआर परीक्षणकै लागि अस्पतालमा ल्याइएको र बिरामीलाई एम्बुलेन्समै राखेर पीसीआर परीक्षणका लागि टिकट काटिएको उनले बताए । अस्पताल ल्याएको केही बेरपछि आकस्मिक कक्षमा लगिएको र एन्टिबायोटिक दिएर उपचार सुरु गरिएको उनले बताए ।

‘आकस्मिक सेवा र आइसियुमा बिरामीमा कुन कुन औषधि प्रयोग भयो भन्ने रेकर्ड हुन्छ,’ डा. चौरासियाले भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धानले उपचार नभएको देखाएको छैन ।’

अस्पतालका डाक्टर रामपुकार शाहको संयोजकत्वमा डा. सरोज सिंह र डा. चौरासिया घटनाको अनुसन्धान गर्दैछन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १ : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०