रोनाल्डोले खरिद गरे विश्वकै महँगो कार, तस्वीर भाइरल ! « Khabarhub
Logo
१ आश्विन २०७७, बिहीबार

रोनाल्डोले खरिद गरे विश्वकै महँगो कार, तस्वीर भाइरल !



काठमाडौं- चर्चित फुटबलर क्रिस्टियानोले विश्वकै महँगो कार खरिद गरेका छन् ।

केहीसाता अघि बुगाटी ला भोइटर नोइर कार ८.५ मिलियन युरो अर्थात करिव १ अर्ब २० करोड रुपैयाँमा खरिद गरेका हुन् ।

उक्त कारको साथमा खिचेको तस्वीर निकै भाइरल बनेको छ । उक्त कार विश्वभर १० युनिट मात्र उत्पादन हुने छन् । उक्त कार प्रतिघण्टा ३ सय ८० किलोमिटरसम्म गुड्न सक्ने बताइएको छ ।

यद्यपी, उनीकहाँ कार भने आइपुगेको छैन । २०२१ सम्म कार रोनाल्डोको हात पार्ने बताइएको छ । यो कार रोनाल्डोको हात पुग्ने बेलासम्म जम्मा ३० मिलियन अर्थात ४ अर्ब २२ करोड रुपैयाँसम्म पर्नसक्ने अनुमान गरिएको छ ।

यसअघि रोनाल्डोसँग बुगाटी भेरोन ग्रान्ड स्पोर्ट भिटेस, फेरारी ५९९ जीटीओ, ल्याम्बोर्गिनी एभेन्टाडोर र म्याकलरेन एमपी४ १२सी छ । एजेन्सीको सहयोगमा


भर्खर

0