एन्फाले राष्ट्रिय टोलीका खेलाडीको कोरोना परिक्षण सोमवार गर्ने | Khabarhub Khabarhub

एन्फाले राष्ट्रिय टोलीका खेलाडीको कोरोना परिक्षण सोमवार गर्ने


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राष्ट्रिय टोलीका खेलाडीको कोरोना परिक्षण गर्ने भएको छ ।

एन्फाले फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत बाँकी खेलका लागि अभ्यास सुरु गर्ने तयारी गरेको एन्फाले सोमबार पहिलो चरणमा कोरोना परीक्षण गर्न लागेको हो।

एन्फाले पाटन अस्पतालमा खेलाडी, प्रशिक्षक र अफिसियल सहित झण्डै ७० जनाको कोरोना परिक्षण गर्न लागेको हो। फिफा र एएफसी सहित एन्फाले कोरोना जोखिमकै बीच अभ्यास सुरु गर्न आफ्नै प्रोटोकल बनाइसकेको छ।

फिफा विश्वकप छनोटका बाँकी ३ खेल कुनै समस्या नआए अक्टोबर ८ देखि दशरथ रंगशालामा हुनेछन् । पहिलो खेल नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइसँग खेल्ने तय छ । यस्तै अहिलेसम्म नेपालले ५ खेलबाट मात्रै ३ अंक जोड्न सकेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : २७ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्