भारतले दियो नेपाली सेनालाई १० आईसीयू भेन्टीलेटर | Khabarhub Khabarhub

भारतले दियो नेपाली सेनालाई १० आईसीयू भेन्टीलेटर


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ ।

विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्घ लड्न सहयोग पुर्‍याउने उद्देश्यले नेपाली सेनालाई १० वटा आईसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका सेनापति पूर्णचन्द्र थापालाई उपहारस्वरुप वितरण गरिएका आईसीयू हस्तान्तरण गरेका छन् ।

सामान हस्तान्तरण गर्न जंगी अड्डामा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् ।

यी भेन्टिलेटरहरु अस्पतालका आईसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आईसीयू कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ ।

विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुको ओसारपसारमा पनि यी भेन्टिलेटर सहज र उपयोगी छन् ।

मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ ।

दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत उक्त भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको भारतीय दूतावासले जनाएको छ।

हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्‍याउन भारत प्रतिबद्घ रहेको बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १ : ०४ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले