पोखरामा कोरोना संक्रमित पुरूषको मृत्यु | Khabarhub Khabarhub

पोखरामा कोरोना संक्रमित पुरूषको मृत्यु


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।

सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो।

यही साउन १७ गते अस्पताल भर्ना भएका उनी मधुमेहका रोगीसमेत भएको अस्पतालले जनाएको छ । उनको शनिबार राति ११:३५ बजे उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’को सघन उपचारकक्षमा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.अर्जुन आचार्यले जानकारी दिए ।

योसँगै पश्चिमाञ्चल अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये २ जना स्याङ्जाका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : ४६ बजे

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले