डीएसपी भन्दै धम्काउने र चोरी गर्ने पक्राउ | Khabarhub Khabarhub

डीएसपी भन्दै धम्काउने र चोरी गर्ने पक्राउ


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीले आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भन्दै धम्काउने र चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रामेछाप उमाकुण्डका २६ वर्षीय राजकुमार सुनुवारलाई काठमाडौँ महानगरपालिका–२६ गोँगबु नयाँबसपार्कबाट बुधबार राति पक्राउ गरेको हो ।

डीएसपी भन्दै धम्काउने र चोरी कार्यमा संलग्न रहेर फरार रहेको जनगुनासोका आधारमा पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुनुवारलाई प्रहरीले बा९७प १६८३ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ सुनुवारसँग प्रहरीले ११ थान चोरीका मोबाइलसमेत बरामद गरेको छ ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ९ : ०३ बजे

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका