चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता | Khabarhub Khabarhub

चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चुलिरहेका बेला चिनियाँ राजदूत होउ यान्छीले राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छिन् ।

भेटघाटकै क्रममा चिनियाँ राजदूत यान्छीले बिहीबार नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी हुन् ।

भेटमा नेकपामा देखिएको विवाद र समसामयिक विषयमा छलफल भएको जनाइएको छ । नेकपामा विवाद चुलिरहेका बेला चिनियाँ राजदूतको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि राजदूत यान्छीले पूर्व प्रधानमन्त्री खनालसँग उनकै निवास डल्डुमा पुगेर भेटवार्ता गरेकी थिइन् । त्यसअघि पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग उनकै निवास कोटेश्वरमा भेटवार्ता गरेकी थिइन् ।

यी दुई नेतासँग भेटवार्ता गर्नु अघि उनले असार १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेकी थिइन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : ३५ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र