पहिरो पीडितको अवस्था बुझ्न सिन्धुपाल्चोक पुगे सभामुख सापकोटा (तस्वीरसहित) | Khabarhub Khabarhub

पहिरो पीडितको अवस्था बुझ्न सिन्धुपाल्चोक पुगे सभामुख सापकोटा (तस्वीरसहित)


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक पुगेका छन्। उनले पहिरो प्रभावित क्षेत्रमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।

गएराति बाह्रविसे नगरपालिका वडा नम्बर ५ मा गएको बाढीपहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन् ।

सभामुख सापकोटा बिहानै घटनास्थल हिँडेपनि खराब मौसमका कारण काभ्रेबाट फर्किएका थिए । त्यसपछि फेरि उनी सिन्धुपाल्चोक उडेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब तीन घण्टा कुरेर सभामुख सिन्धुपाल्चोक गएका थिए ।

सभामुख सापकोटा जम्बु पुगेको उनको सचिवालयले जनाएको छ। जम्बुमा रहेका दुई जना घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

तस्वीर- सभामुखको सचिवालयबाट

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ३ : २८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६