भुवनको एउटा ‘स्टाटस’ ले निम्त्याएको विवाद | Khabarhub Khabarhub

भुवनको एउटा ‘स्टाटस’ ले निम्त्याएको विवाद


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता भुवन केसीको समय राम्रै चलिरहेको थियो । लकडाउनका कारण फुर्सदिला बनेका उनी फिल्मकै कारण चर्चामा आउने गर्थे ।

उनले फिल्म ‘एन्टीहिरो’ मा खलनायकको चरित्र निभाउने चर्चा थियो । फिल्ममा भुवनका छोरा अनमोल केसीको पनि शीर्ष भूमिका रहने चर्चा थियो ।

राजधानीमा कतै भेटिँदा उनी यही फिल्मका कामले भेटिन्थे । लकडाउनले भने उनलाई घरमै सीमित बनाएको थियो ।

चर्चा सेलाएका बेला भुवन एकाएक मिडियामा छाइरहेका छन् ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले तीन फिल्ममा काम गर्दा नराम्रो व्यवहारको शिकार भएको बताएकी थिइन् । उनले फिल्म ‘ड्रिम्स’ को नाम त लिएकी थिइनन् । तर, भुवनले ती ३ फिल्ममा आफ्नो फिल्म पनि परेको ठानेर अभिव्यक्ति दिए ।

भुवनले सामाजिक सञ्जालमार्फत नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘जुन थालमा खायो त्यही थालमा दुलो पारेको’ टिप्पणी गरे । सामाजिक सञ्जालमा रोइलो गरेको पनि उनले लेखे ।

भुवन केसीलाई विवादमा तान्न भूमिका खेलेको स्टाटस ।

साम्राज्ञीले नाम नभनी संकेत गरेका ३ फिल्म थिए – ड्रिम्स, ए मेरो हजुर २ र इन्टुमिन्टु लण्डनमा ।

साम्राज्ञीले सामाजिक सञ्जालमार्फत ती मेकरसँग पुन काम नगर्ने पनि बताएकी थिइन् । फिल्ममा काम गर्दा मेकरले दुर्व्यवहार गरेको पनि उनले बताएकी थिइन् ।

अरु फिल्मका मेकरले साम्राज्ञीको भनाइमा कुनै अभिव्यक्ति दिएनन् । तर, भुवनले भने साम्राज्ञीलाई कटाक्ष गर्दै स्टाटस लेखे ।

त्यसको बदलामा साम्राज्ञीले सामाजिक सञ्जालबाटै आफू भुवन केसीबाट ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताइन् । उनले भुवनले आफूलाई गाला टाँसेर कुरा गरेको, फिल्म छायांकनका बेला दुर्व्यवहार गरेको आरोप लगाइन् ।

सामाजिक सञ्जालबाट भुवनले साम्राज्ञीलाई साइबर क्राइम गरेको भन्दै उजुरी दिने चेतावनी दिएका थिए। उनले आफ्नो चरित्रहत्या भएको भन्दै चलचित्र निर्माता संघमा सत्यतथ्य छानबिनका लागि भन्दै निवेदन पनि दिए ।

भुवनले अन्तर्वार्तामा आएर पनि आफूले कुनै दुर्व्यवहार नगरेको दोहोर्‍याए । यी सबैलाई नजिकबाट नियालेकी साम्राज्ञीले ‘महिलाको शक्ति’ देखाउँदै भुवनलाई मुद्दा चलाउन सकिने दोहोर्‍याइन् ।

अहिले यो विषय केही साम्य भएको जस्तो देखिएको छ । यद्यपि अन्य कलाकारले पनि नायिकामाथि हुने दुर्व्यवहारका बारेमा एकजुट हुनुपर्ने बताएका छन् । साम्राज्ञीलाई समर्थन गर्दै कतिपय फ्यानले भुवनको विरोध गरेका छन् ।

त्यति मात्र होइन, क्यानडामा बस्दै आएकी युवती स्वेता रेग्मीले पनि भुवनको व्यवहारमाथि प्रश्न उठाउँदै भुवनसँगको च्याट शेयर गरिन् ।

भुवनलाई विवादित बनाएको त्यही एउटा स्टाटस थियो, जुन स्टाटसमा भुवनले साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आरोप लगाएका थिए ।

यद्यपि भुवनमाथिको आरोपले सिङ्गो फिल्म क्षेत्र कसरी चलिरहेको छ भन्ने पनि प्रष्ट पारेको छ । अझ त्यसमाथि पुराना निर्देशक तथा निर्माता युवराज लामा ‘हिरोइन भएर यति त सहनुपर्छ’ भन्दै भुवनको समर्थन गर्नुले पनि यो क्षेत्र किन माथि उठ्न सकिरहेको छैन भन्ने पनि स्पष्ट पार्छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ३ : २१ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार