इस्तानबुलमा १० जना शंकास्पद इस्लामिक लडाकू गिरफ्तार | Khabarhub Khabarhub

इस्तानबुलमा १० जना शंकास्पद इस्लामिक लडाकू गिरफ्तार


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – टर्की प्रहरीले इस्लामिक स्टेट (आइएस) विद्रोही समूहसँग आबद्ध रहेको आशंकामा १० जना विदेशी नागरिकलाई प्रक्राउ गरेको छ ।

इस्तानबुलको प्रहरीको प्रतिआतंकवादी इकाईले शहरका विभिन्न १४ ठाउँमा छापा मारेर ती शंकास्पद व्यक्ति पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिले सामाजिक सञ्जालबाट इस्लामिक स्टेटका बारेमा संगठनात्मक जानकारीहरु प्रवाह गरेका थिए ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुका साथबाट पिस्तोल र वायरलेस संचार साधन पनि बरामद गरेको जनाएको छ । प्रहरीले पछिल्ला दिनहरुमा इस्तानबुलमा इस्लामिक स्टेटका लडाकू लुकेर बसेका सम्भावित ठाउँमा निरन्तर छापा मारिरहेको छ ।

गत साता विदेशी सहित १७ जना शंकास्पद व्यक्ति गिरफ्तार भएका थिए । यी व्यक्तिको आइएस समूहसँग आबद्धता रहेको आशंका गरिएको थियो । टर्कीमा केही वर्षदेखि भइरहेका घातक आक्रमणमा आइएस समूहको संलग्नता रहेको पुष्टि भएका थिए । यी घटनामा ३०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ३ : ०० बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको