अमेरिकाद्वारा नेपाललाई कोरोना रोकथामका लागि थप ३० लाख डलर सहयोग | Khabarhub Khabarhub

अमेरिकाद्वारा नेपाललाई कोरोना रोकथामका लागि थप ३० लाख डलर सहयोग


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ३० लाख अमेरिकी डलर सहयोग गरेको छ ।

अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत मार्चमा १८ लाख डलर, अप्रिलमा २५ लाख डलर, र अहिले ३० लाख डलर सहयोग गरेको हो ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीले युएसएआईडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गरेका हुन् । यसँगै नेपाललाई अमेरिकी सरकारले उपलब्ध गराएको कोभिड–१९ सहायता ७३ लाख डलर पुगेको छ ।

पछिल्लो ३० लाख डलर कर्णाली र प्रदेश ५ मा कोभिड-१९ लगायत अन्य स्वास्थ्य समस्यासँग जुध्न अझै बलियो प्रणाली र प्रतिकार्यको लागि सहयोग निर्माणमा खर्च हुने बताइएको छ ।

फेब्रुअरी महिनामा नेपाली जनताको लागि पहिलो अन्तरर्राष्ट्रिय सहयोगीको रूपमा पीपीई र कोभिड-१९ जाँच सामग्री हस्तातरण गरेयता अमेरिकाले ७ पटकसम्म स्वास्थ्य सामग्री सहयोग प्रादन गरिसकेको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १० : ०८ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५