चीनमा भीषण वर्षापछि आएको बाढीले ८ जनाको मृत्यु | Khabarhub Khabarhub

चीनमा भीषण वर्षापछि आएको बाढीले ८ जनाको मृत्यु


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुवानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय विपत व्यवस्थापन विभागले दिएको जानकारी अनुसार वर्षाका कारण दुई लाख १५ हजारभन्दा बढी व्यक्ति प्रभावित बनेका छन् ।

मे ३१ गतेदेखि निरन्तर परेको वर्षाका कारण कम्तीमा आठ शहर प्रभावित बनेका छन् भने हजारौँ नागरिकलाई सुरक्षितस्थलमा सारिएको छ ।

मङ्गलबार  बाढीका कारण कम्तीमा १० हजार ७०० हेक्टर जमिनको वाली र दुई हजार ८६६ घरहरूमा क्षति पुगेको जनाइएको छ ।

क्विझाओ प्रान्तले बाढी तथा डुवानबाट बढी प्रभावित क्षेत्रमा ६८ लाख युआनसहित विपत व्यवस्थापनका लागि आवश्यक सामानहरू तत्काल राहतका रूपमा पठाएको जनाइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १० : २२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६