लकडाउन उल्लंघन गर्ने ४ हजार बढी सवारीसाधन नियन्त्रणमा | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गर्ने ४ हजार बढी सवारीसाधन नियन्त्रणमा


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले लकडाउन उल्लंघन गर्ने  ४ हजार १ सय ७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा बिहान ६ बजेदेखि साँझ सात बजेसम्म ४ हजार १ सय ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो ।

जसमध्ये ३,६४७ वटा दुई पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ। महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखेको छ।

साथै लकडाउन खुकुलो भन्ने गलत सूचनाको पछि नलाग्न, भ्रममा नपर्न, लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख भीम ढकालले आग्रह गरे ।

केही दिनयता लकडाउन खुकुलो भएको भन्दै चहलपहल बढेपछि सवारी साधनको चाप समेत बढेको छ । तर पनि महानगरीय ट्राफिक महाशाखाले चेकिङमा कडाइ गरेको जानकारी दिएको छ ।

त्यस्तै पासको दुरूपयोग गर्नेमाथि पनि विशेष निगरानी तथा चेकजाँच गरी कारबाही गर्न थालेको उनले बताए।

चैत ११ गतेयता लकडाउन उल्लंघन गर्ने ६१ हजार ४ सय ६ सवारीसाधनलाई नियन्त्रणमा लिएको उनले बताए।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ८ : ३१ बजे

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष