सुदूरपश्चिममा पीसीआर मेसिनसहित थप तीन प्रयोगशाला सञ्चालनमा ल्याइँदै | Khabarhub Khabarhub

सुदूरपश्चिममा पीसीआर मेसिनसहित थप तीन प्रयोगशाला सञ्चालनमा ल्याइँदै


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले असार दोस्रो साताबाट सुदूरपश्चिममा पीसीआर मेसिनसहितका थप तीन प्रयोगशाला सञ्चालनमा आउने बताएका छन् ।

मन्त्री सुवेदीले सुदूरपश्चिमको मन्त्रिपरिषद्ले गरेको पूर्वनिर्णयअनुसार तीनवटा पीसी मेसिनसहित प्रयोगशाला सञ्चालनका लागि आवश्यक थप सामग्री खरिद गर्न बोलपत्र भइसकेको बताएका हुन् ।

उनले असार दोस्रो सातासम्म बैतडी, डोटी र कैलालीमा मेसिन जडान गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

केही सातापहिले भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका नाकामा नेपालीहरू आएर जम्मा हुँदा पनि नाका खोल्ने अधिकार प्रदेश सरकारलाई सङ्घीय सरकारले नदिएका कारण प्रदेशमा तीव्र गतिमा कोरोना फैलिएको आरोप मन्त्री सुवेदीले लगाए ।

त्यस बेला नाका खोल्ने अधिकार प्रदेश सरकारलाई दिएको भए सबैको स्वास्थ्य परीक्षण र व्यवस्थापन प्रदेश सरकारले गरिसक्ने र सङ्क्रमणको अवस्था यस्तो नहुने मन्त्री सुवेदीले बताए ।

मन्त्री सुवेदीले कोरोना रोकथाममा प्रदेश सरकार आफ्नो क्षमताअनुसार लागिरहेको बताए । केही अधिकार सङ्घले प्रदेशलाई नदिँदा जनअपेक्षाअनुसार काम हुन नसकेकाले समस्या भएको जिकिर गर्दै मन्त्री सुवेदीले अब भने त्यसो नहुने बताए ।

उनले अब प्रदेशमा थप तीन थान पीसी मेसिन, २० थान भेन्टिलेटर लगायतका आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियामा रहेको र असारको पहिलो साताबाटै प्रयोगमा ल्याउने गरी काम गरिरहेको बताए ।

प्रदेशका विभिन्न पालिकामा सञ्चालित क्वारेन्टिन मापदण्डअनुसार नभएको, क्वारेन्टिनमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको भन्दै तीव्र आलोचना भइरहेका बेला मन्त्री सुवेदीले ठूलो सङ्ख्यामा क्वारेन्टिनमा व्यवस्थापन गर्नुपर्दा धेरै किसिमका समस्याका कारण केही असुविधा भएको स्वीकार गरे ।

उनले  स्थानीय तहलाई क्वारेन्टिन थप व्यवस्थित बनाउन परिपत्र गरिसकेको समेत जानकारी दिए ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ८ : ०८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ