सुदूरपश्चिम प्रदेशमा २ वर्षकी बालिकासहित १० जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेशमा २ वर्षकी बालिकासहित १० जनामा कोरोना संक्रमण पुष्टि


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले विज्ञप्ति मार्फत प्रयोगशालमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ संक्रमण पुष्टि भएका संक्रमितहरु डडेल्धुरा, दार्चुला, कञ्चनपुर र कैलालीका छन् ।

सेती प्रादेशिक अस्पतालका अनुसार डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २२ वर्षका पुरुष, दार्चुला लेकम गाउँपालिकाका २६ वर्षका पुरुष, कंचनपुर शुक्लाफांटाका २५ वर्षका पुरुष रहेका छन् ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाकी २ वर्षकी बालिक र २८ वर्षकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कैलालीकै मोहन्याल गाउँपालिकाको१७ वर्षका एक पुरुष, टीकापुर नगरपालिकाका क्रमश ४०, २३, २४ र ३६ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ४ : १२ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर