रुपन्देही हत्या प्रकरण : पक्राउ परेका युवकले आरोप स्वीकार गरे | Khabarhub Khabarhub

रुपन्देही हत्या प्रकरण : पक्राउ परेका युवकले आरोप स्वीकार गरे

थप अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा समिति गठन



काठमाडौं– सोमबार राति रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, स्थित गंगादेवी पशुफार्ममा पाँच जनाको सामूहिक हत्या भयो ।

घटनामा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, २४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करन चौधरी र १७ वर्षीय आशिष चौधरी छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हेमकुमार थापाका अनुसार माधव र जानकी पतिपत्नी हुन् । पोषराजलाई फार्म सञ्चालक रामबहादुर पुनले धर्मछोराका रुपमा पालेका थिए ।

फार्ममा उनीहरुको सामूहिक हत्या भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी दिँदै एसपी थापा भन्छन्– ‘घटना राति घटेको रहेछ । सूचना पाएलगत्तै प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । ४ जनाको घटनास्थलमै विभत्स हत्या भएको थियो भने एकजनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो ।’

प्रहरीले हत्याको आरोपमा सुर्खेत घर भई ६ महिनादेखि फार्ममा काम गर्दै आएका ३१ वर्षीय झसेन्द्र सिञ्जालीलाई पक्राउ गरेको छ । उनी सामूहिक हत्यास्थल नजिकै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका युवकको वयान– मैले पाँचै जनालाई फरुवाले हाँने

हत्या आरोपमा पक्राउ परेका झसेन्द्र सिञ्जालीले प्रहरीसँगको बयानका क्रममा आफूले ५ जनाकै हत्या गरेको स्वीकारेका छन् ।

एसपी थापा भन्छन्– ‘हामीले हत्या गरेको शंकामा पक्राउ गरेका व्यक्तिसँग केही बेरमै बयान लिएका थियौं । प्रारम्भिक बयानका क्रममा उनले गाईभैँसीको गोठअगाडि सुतेका पाँचजनाको फरुवाले हानेर हत्या गरेको स्वीकारेका छन् ।’

अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हत्याको कारण

एसपी थापाका अनुसार श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि झसेन्द्र ६ महिनाअघि मात्र फर्ममा काम गर्न पुगेका थिए ।
उनी श्रीमतीले छाडेर गएकाले सँधै जसो तनाव रहने गर्थे । कहिलेकाहीं बैरागिएर उनले छिमेकीहरुसँग यो संसारमै आफ्नो भन्ने कोही पनि नरहेको जस्ता नौराश्यताका कुरा पनि गर्थे । यतिमा होइन उनी दैनिक मदिराले लठ्ठिने गरेका थिए ।

एसपी थापा भन्छन् – ‘सिंजाली र हत्या गरिएका माधवबीचको सम्बन्ध पनि खासै राम्रो थिएन । गएको १४ गते पनि उनीहरुबीच झगडा परेको थियो । यद्यपी घटनाबारे थप अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि मात्र विस्तृत विवरण आउनेछ ।’

अनुसन्धान गर्न समिति गठन

सामूहिक हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को कमाण्डमा तीन सदस्यीय समिति गठन भएको छ।
प्रदेश नम्बर ५ का प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) रविन्द्रसिंह धानुकका अनुसार प्रदेश प्रहरी कार्यालयका एसएसपी राजकुमार बैदवारको नेतृत्वमा प्रहरीले समिति गठन गरेको हो ।

डिआइजी धानुकका अनुसार, छानविन टोलीले मंगलबारबाटै घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । उनका अनुसार हत्या अरोपमा पक्राउ परेका झसेन्द्र सिञ्जालीले प्रारम्भिक बयानमा हत्या स्वीकारेका छन् । हत्या आरोपी पनि अहिले अस्पतालमै उपचाररत रहेको र थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ३ : ४२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका