कोभिड–१९ नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप | Khabarhub Khabarhub

कोभिड–१९ नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि कांग्रेसका गगनकुमार थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गरे । पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री थापाले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गरे ।

निर्दोष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गरे, “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?”

उनले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गराए । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उनले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत गरे ।

रुपन्देही घटनाको छानबिन माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का छविलाल विश्वकर्माले गए राति रुपन्देहीमा भएको घटनाको निष्पक्ष रुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीक मैनहवा गाउँस्थित गङ्गादेवी पशु फर्मका पाँच मजदूरको विभत् हत्या भएको जनाउँदै उनले सभामुखमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

यस्ता घटना दोहोरिन नदिनका लागि विशेष ध्यान दिन उनले स्थानीय प्रशासनलाई आग्रह गरे ।

समाजवादी पार्टीका सूर्यनारायण यादवले सुनसरीका कृष्ण यादवलाई भण्टाबारीस्थित राहत वितरण कार्यक्रमस्थलमा पुग्दा प्रहरीले विनाकारण नियन्त्रणमा लिएको र झुटा मुद्दा लगाएर मानसिक तथा शारीरिक यातना दिएको जनाउँदै घटनाको सत्यतथ्य पत्ता लगाई न्याय दिन आग्रह गरे ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  २ : २५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन