भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित ६८ वर्षे पुरुषको मृत्यु | Khabarhub Khabarhub

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित ६८ वर्षे पुरुषको मृत्यु


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर अस्पताल चितवनमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । भरतपुरका ६८ का पुरुषको मंगलबार बिहान ७ : ५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

उनी गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइ.सि.यूमा उपचाररत थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि गत हिजो बेलुका ७ बजे भरतपुर अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो ।

उनको सुगर र प्रेसरको समस्या पहिले देखि भएको र कोरोनाको संक्रमणसँगै निमोनियाका कारण बिहान सात बजेर पाँच मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गर्न बाँकी छ ।

यसअघि स्याङ्जाका ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । त्यस्तै नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष र सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ९ : ३० बजे

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा