बेलायतबाट नेपाल फर्किन चाहने ३९१ को विवरण नेपाल पठाइयो « Khabarhub

बेलायतबाट नेपाल फर्किन चाहने ३९१ को विवरण नेपाल पठाइयो


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतबाट नेपाल फर्कन चाहने ३९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ ।

बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण संकलन गरी दूतावासले काठमाडौँ पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए ।

दूतावासको पहलमा गठन गरिएको सूचना संकलन समितिमार्फत दिइएको उक्त जानकारीमा भिसाको म्याद समाप्त भई लामो समयदेखि रोकिइरहेका र यसै महिना भिसा सकिनेको सङ्ख्या १५४ जना रहेको छ ।

त्यस्तै रोजगार गुमाई घर फर्कन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका विद्यार्थी ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारीबाट पाँच जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल ३९१ जना रहेका छन् ।

गत हप्ता दूतावासले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीको विवरण पठाउन सूचना जारी गरेको थियो । सोमबार पठाइएको विवरण नेपाल सरकारले हेरेर सोहीअनुसार निर्णय गरेपछि मात्रै यहाँ विवरण बुझाएकालाई कहिले र कसरी जानेबारे थप जानकारी दिइने दूतावासले बताएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ८ : १५ बजे

निर्वाचनमार्फत संसारलाई तरङ्गित बनाउने सेलीब्रेटी

किरण खेर भारतीय अभिनेत्री तथा राजनीतिज्ञ। सन् २०१४ देखि उनी

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आइपुगे

लुम्बिनी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा

रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा गए राति मोटरसाइकल दुर्घटना

मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

हेटौँडा – स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई

बुद्धजयन्तीमा उपराष्ट्रपति पुनले भने- ‘अहिंसाको बाटोमा अगाडि बढ्न सकिन्छ’

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६