जर्ज फ्लोइड प्रकरण : हत्या आरोपितसँग १२.५ लाख डलर धरौटी माग | Khabarhub Khabarhub

जर्ज फ्लोइड प्रकरण : हत्या आरोपितसँग १२.५ लाख डलर धरौटी माग


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारीलाई  अमेरिकी अदालतले १२.५ लाख डलर धरौटी माग गरेको छ।

अदालतले हाल निलम्बनमा परेका डेरेक शोभिनसँग आरोपहरूको गम्भीरता र जनआक्रोशलाई ध्यानमा उक्त रकम धरौटी माग गरेको बीबीसीले जनाएको छ ।

टेलिकन्फरेन्समार्फत्‌ सोमवार अदालतमा उपस्थित भएका शोभिनले भने कुनै प्रकारको आग्रह नगरेको बताइएको छ । १५ मिनेटको सुनुवाइमा  उनी हतकडी लगाइएको अवस्थामा बसिरहेका थिए।

न्यायाधीशले निःशर्त १२.५ लाख डलर धरौटी अथवा १० लाख धरौटी र फ्लोइडका परिवारलाई भेट्न नमिल्ने तथा हातहतियार बुझाउनुपर्ने र मुद्दाको सुनुवाइ हुन्जेल सुरक्षा निकायमा काम गर्न नपाइने शर्त राखेका थिए।

डेरेक शोभिनमाथि फ्लोइडको हत्या गरेको लगायत तीनवटा आरोप लगाइएको छ भने अन्य तीन प्रहरी अधिकारीलाई फ्लोइडको हत्यामा शोभिनको मतियार बनेको अभियोग छ ।

मे २५ मा भएको फ्लोइडको मृत्यु शोभिनले करिव ९ मिनेट घाँटी थिचेकै कारण भएको दाबी गरिएको छ । उक्त घटनापछि विश्वव्यापी प्रदर्शनहरू भएका छन् ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ६ : ३८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न