इंग्ल्यान्डविरूद्धको टेष्टका लागि वेष्ट इण्डिजको टिम तयार | Khabarhub Khabarhub

इंग्ल्यान्डविरूद्धको टेष्टका लागि वेष्ट इण्डिजको टिम तयार


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेष्ट इण्डिजले इंग्ल्यान्डविरुद्धको टेष्ट सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा गरेको छ ।

वेष्ट इण्डिजले जासन होल्डरको कप्तानीमा इंग्ल्यान्ड भ्रमण गर्ने टोलीको घोषणा गरेको हो । वेष्ट इण्डिजले इंग्ल्यान्डसँग जुलाईमा तीन टेष्ट सिरिज खेल्नेछ ।

टोलीमा कप्तान जासनसहित शाइ होप, अल्जारी जोसेप, जेर्मीने ब्लाकवुड, एनकुर्माह बोनेर, क्रेइग ब्रेथवेट, शम्राह ब्रोक्स, जोन क्याम्पबेल, रोस्टन चेस, राहकिम कोर्नवाल, शान डोरिच, चेमार होल्डर, रेमोन रिफर र केमार रोच रहेका छन् ।

कोरोनाको संक्रमणको डरले शिम्रोन हिटमायर, डरेन ब्राभो र अलराउण्डर किमो पाउलले भने इंग्ल्यान्ड भ्रमण नगर्ने भएका छन् ।

दुई टोलीबीचको पहिलो टेष्ट जुलाई ८ मा साउथह्याम्पटनको द बल मैदानमा सुरु हुनेछ ।

दोस्रो टेष्ट ओल्ड ट्राफोर्डमा जुलाई १६ मा तथा तेस्रो टेष्ट खेल जुलाई २४ मा हुनेछ । ती सबै खेल बन्द रंगशालामा हुने बताइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ६ : १५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०