युवा तथा खेलाडीलाई राहत र उद्धारमा परिचालन गरिने छ : मन्त्री विश्वकर्मा | Khabarhub Khabarhub

युवा तथा खेलाडीलाई राहत र उद्धारमा परिचालन गरिने छ : मन्त्री विश्वकर्मा


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले कोभिड–१९ को सङ्क्रमणविरुद्ध सामाजिक दूरी कायम राख्दै बाचौँ र बचाऔँ भन्ने अभियानमा सहभागी हुन युवा तथा खेलाडीलाई आह्वान गरेका छन् ।

कोरोनाविरुद्ध जनचेतना बढाउने, विदेशबाट फर्किएका वा सम्भावित सङ्क्रमितका बारेमा जानकारी गराउने, उनीहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरी आवश्यक सहयोग गर्नेलगायत कार्यमा युवा, खेलाडी र स्काउटलाई स्वयमसेवकका रुपमा सामाजिक दूरी कायम राख्दै सावधानीपूर्वक परिचालित हुन उनले आग्रह गरे ।

कोरोनाको महामारी सिङ्गो मानव जातिको अस्तित्वमाथिको चुनौती रहेकाले सङ्क्रमणविरुद्ध जुध्नु अहिलेको आवश्यकता रहेको बताउँदै उनले भने,“समाजका सचेत तप्का भएका हिसाबले युवा र खेलाडीमाथि सबैको भरोसा छ । गाउँ, टोल, वडा र समाजमा जो जहाँ छौँ, त्यहीँ सावधानीपूर्वक अप्ठ्यारामा परेकाहरुको उद्धार तथा राहत वितरणमा स्वयंसेवकीय भूमिका निर्वाह गरौँ ।”

सङ्क्रमण नियन्त्रणको अभियानमा देशभरका युवा, विभिन्न राजनीतिक दलका भ्रातृ सङ्गठनमा आबद्ध युवा, खेलाडी, स्काउट र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका जिल्ला जिल्लाका स्वयम्सेवकलाई आवश्यकतानुसार स्वयम्सेवकीय भूमिकामा आआफ्नो ठाउँमा परिचालनका लागि प्रदेश सरकार र स्थानीय तहलाई सरकारले आग्रह गरिसकेको उनले बताए ।

लक्षित समूहको तथ्याङ्क सङ्कलन र राहत वितरणमा स्वयम्सेवकीय भूमिका निर्वाह, अप्ठ्यारोमा परेका व्यक्तिको सूचना सङ्कलन र उद्धार गर्न, आवश्यकतानुसार बिरामीलाई अस्पतालसम्म पुर्‍याउन, सबैलाई स्फूर्ति राख्न तथा सम्भव भएसम्म घरमै शारीरिक व्यायाम, योग, ध्यान र अभ्यास तथा सडक मानवको उद्धार गरी जीवन रक्षामा सघाउनसमेत युवाको महत्वपूर्ण भूमिका रहने मन्त्री विश्वकर्माको भनाइ छ ।

मन्त्रिपरिषद्द्धारा कोरोना सङ्क्रमणविरुद्धको अभियानमा राहत वितरणलगायत कार्यमा युवा, खेलाडी तथा स्काउटलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने जिम्मेवारीसमेत पाएका मन्त्री विश्वकर्माले युवा परिचालन, योजना निर्माण तथा कार्यान्वयन र आवश्यक समन्वयका लागि स्वयंसेवक व्यवस्थापन तथा परिचालन समिति गठन गरेर काम अघि बढाएको जानकारी दिए । रासस

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ८ : ५८ बजे

देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ : नेता पौडेल

काठमाडौं–  नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा

असल नियतको अँगालो हिंसा होइन : प्रकाश दुतराज

काठमाडौं– केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् ।