उपासनाका लागि वर्ष २०७६ यसकारण सफल वर्ष | Khabarhub Khabarhub

उपासनाका लागि वर्ष २०७६ यसकारण सफल वर्ष


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका उपासना सिंह ठकुरी फिल्म ‘क्याप्टेन’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरिन् । पहिलो फिल्ममा उनले अनमोल केसीसँग स्किृन शेयर गर्ने मौका पाइन् ।

फिल्म त सफल भएन तर यो फिल्मबाट उपासनाको भने भाग्य चम्कियो । यही फिल्मले उपासनालाई चिनायो । केही अन्य फिल्मबाट अफर आए पनि नगरेकी उपासनाले यस वर्ष फिल्म ‘कबड्डी ३’ मा अभिनय गरिन् । यो फिल्ममा उपासनाले दयाहाङ राईसँग स्किृन शेयर गरिन् । दुवै फिल्ममा उनी लभर गर्लको भूमिकामा थिइन् ।

यो वर्षमा उनले अभिनय गरेको फिल्म यही एउटा हो । वर्ष २०७६ उनका लागि सफल वर्ष पनि हो । किनकि, पहिलो फिल्मबाट बनेको क्रेज दोस्रो फिल्ममा आउँदा अझै थपियो ।

त्यसो त दुईवटा फिल्ममा अभिनय गर्दैमा कुनै कलाकारलाई सफल नायिका भन्न सकिँदैन । तर, यो वर्ष भने उपासनाका लागि सफल वर्ष बनेको छ ।

उपासना यस वर्ष जति चर्चामा आइन्, त्यो सबै अभिनय र फिल्मका कारण आइन् । उनले आफ्ना फ्यानमा व्यक्तिगत जीवन हाबी हुन दिइनन् । साथसाथै उनले पढाइलाई पनि उत्तिकै समय दिएकी छिन् ।

दुई फिल्मबाट राम्रो चर्चा कमाएकी उपासनाको सुन्दरताका साथै अभिनयको पनि चर्चा भएको छ । सामाजिक सञ्जालमा उनलाई पछ्याउनेको कमी छैन ।

तस्वीर – आर्यन बिमली

यस वर्ष उपासना फिल्म छनोटमा पनि चुजी भएकी छिन् । कतिले त उनलाई नम्बर वान नायिकाको दौडमा रहेको पनि भन्न थालिसकेका छन् ।

उपासनाले फिल्म छानेर राम्रा फिल्ममा मात्र काम गर्दै गइन् भने आगामी फिल्म यात्रा अझै सफल हुनेछ । तर, पैसामुखी बन्न थालिन् भने उनको करिअर पनि हेर्दाहेर्दै सकिने हो कि भन्ने डर अर्कोतर्फ छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ६ : ३३ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले