समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन | Khabarhub Khabarhub

समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सालाई एक पत्र लेख्दै गृह मन्त्रालयले संघीय सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।

सांसद यादव बुधबार नेपालसँग सीमा जोडिएको भारतीय क्षेत्रमा पुगेका थिए । उनले त्यहाँ क्वारेन्टाइनमा रहेका नेपालीसँग भेट गरेका थिए ।

क्वारेन्टाइनमा रहेका व्यक्तिलाई भेट्न नपाइने व्यवस्थाविपरित सांसद यादवलाई उनीहरुले भेटेको पाइएपछि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन दिइएको गृह मन्त्रालयले स्रोतले जानकारी दियो ।

भारतको रक्शौलस्थित क्वारेन्टाइनमा राहात वितरण गर्दै समाजवादी पार्टीका सांसद प्रदीप यादव

‘संक्रामक रोग फैलिन नदिन कुनै व्यक्तिलाई एकान्तबास (क्वारेन्टाइन)मा राखिएको छ भने त्यस्ता व्यक्तिलाई भेट्न पाइँदैन । यो सबैको हकमा लागू हुन्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘माननीयज्यूले (सांसद यादव) सीमापारी गएर त्यहाँ क्वारेन्टाइनमा रहेका नेपालीलाई भेटेको जानकारी हामीले पाएका छौं । त्यसकारण उहाँलाई पनि क्वारेन्टाइनमा राख्नुपर्ने देखिएको हो । उहाँलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनिसकेका छौं ।’

गृह मन्त्रालयले सांसद यादवसँगै क्वारेन्टाइन क्षेत्रमा गएका र त्यसयता उनको सम्पर्कमा आएका व्यक्तिमाथि पनि निगरानी गरी आवश्यक परे क्वारेन्टाइनमा राख्न पनि जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको छ ।

सांसद यादव बुधबार नेपालसँग सीमा जोडिएको भारतीय शहर रक्सौलको हजारी मल उच्च माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा पुगेका थिए । उक्त ठाउँमा २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्येका १५ जना नेपाली छन् ।

सांसद यादवले क्वारेन्टाइनमा रहेका नेपालीहरुसँग कुराकानी गर्दै उनीहरुलाई मास्क, चिउरा तथा फलफूल समेत वितरण गरेका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ३ : १० बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको