लकडाउनको मौका छोपेर गहना पसलमा लुटपाट गर्ने व्यक्ति पक्राउ | Khabarhub Khabarhub

लकडाउनको मौका छोपेर गहना पसलमा लुटपाट गर्ने व्यक्ति पक्राउ


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सरकारले कोरोना भाइरसको संक्रमण रोक्न जारी गरेको लकडाउनको मौका छोपेर गहना पसल लुट्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बुधबार मध्यरातिको समयमा कैलालीको धनगढी उपमहानगरपालिका–१ स्थित बिनोद कुमार बर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी गहना पसलमा लुटपाट भएको थियो ।

गहना पसलमा लुटपाट भएको सूचना पाएलगत्तै परिचालन भएको प्रहरीले बिहीबार बिहान १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीको कारागार रोडमा डेरा गरी बस्ने ४५ वर्षीय पप्पु गुप्ता छन् ।

प्रहरीका अनुसार गुप्ताले प्रिया सुनचाँदी गहना पसल अगाडि नै केही वर्ष पहिलेदेखि फलफूल बेच्ने ठेला राख्दै आएका थिए ।

प्रहरीले गुप्ताको डेरामा छापा मारी पानीको ड्रममा लुकाएको अवस्थमा लुटिएका गहनाहरु बरामद गरेको छ ।

प्रहरीका अनुसार गुप्ताले अन्य केही व्यक्तिको सहयोगमा लुटपाट गरेको बताएका छन् । प्रहरीले गुप्ताको बयानका आधारमा अन्य केही व्यक्तिलाई समेत पक्राउ गरेपनि उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  ११ : २७ बजे

स्टोनिसको शतकमा चेन्नईविरुद्ध लखनउको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बुधबारको विदेशी मुद्राको विनिमय दर कति

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा