ज्यानभन्दा दाउरा र सोत्तर प्यारो | Khabarhub Khabarhub

ज्यानभन्दा दाउरा र सोत्तर प्यारो


२७ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– कोराना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनको उल्लङ्घन गर्दै सयौँको सङ्ख्यामा स्थानीयवासी रारा राष्ट्रिय निकुञ्जमा प्रवेश गरेको पाइएको छ । भान्सामा प्रयोग हुने दाउरा र पशु चौपायका लागि चाहिने पिरल (स्याउला) को खोजीमा उनीहरू निकुञ्जभित्र प्रवेश गरेका हुन् ।

कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर देशभर सरकारले लागु गरेको लकडाउनको उल्लङ्घन गर्दै निकुञ्जभित्र प्रवेश गरेका मुगुको छायाँनाथ रारा नगरपालिकाको वडा नं ३ र ५ का महिलाहरुलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाको सयुंक्त गस्ती टोलीले फेला पारेको हो ।

मङ्गलबार ३ र ५ वडाका ढुमा, लुवाडबाटा, कार्कीबाडा, तुमा गाउँका लुकिछिपी निकुञ्ज प्रवेश गरेका १०० भन्दा बढी महिलालाई निकुञ्ज कार्यालयको फाँका चेकपोष्ट र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीदलगुल्मको फाँकापोष्टका सेनाको संयुक्त टोलीले औजारसहित नियन्त्रणमा लिई छाडेको थियो ।

हरेक वर्ष यो याममा पशु चौपायाका लागि चाहिने पिरल (स्याउला) लिन निकुञ्ज र मध्यवर्ती क्षेत्रले आसपासका बासिन्दाहरुबाट १५ को रसिद काटेर सीमित समयका लागि सुको दाउरा, सोत्तर र स्याउला लिन वन खुला गर्दथे । तर यो वर्ष कोराना भाइरसको सङ्क्रमण रोक्न सरकारले देशभर लकडाउन गरेकाले लकडाउन खुला नहुन्जेल निकुञ्ज कार्यालयले काठ, पिरल सङ्कलनमा रोक लगाएको छ ।

यो वर्ष कोराना भाइरसका कारण भन्दै अहिलेसम्म वन खुला नभएपछि ज्यानको मायाभन्दा दाउरा र स्याउलाको माया मानेर पहिलो पटक स्याउला र दाउरा सङ्कलनका लागि स्थानीय महिलाहरू निकुञ्जभित्र प्रवेश गरेका थिए ।

मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई समेत यो समयमा वन जङ्गलमा नजान जानकारी गराउँदै आएको भए पनि अटेर गरेर निकुञ्जभित्र प्रवेश गर्ने गरेको लामा लेख सेरी मालिका मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर मल्लले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार  १० : १२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६