होली खेलेर नुहाउन गएका नेवि संघ नेता मृत फेला | Khabarhub Khabarhub

होली खेलेर नुहाउन गएका नेवि संघ नेता मृत फेला


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– होली खेलेर नुहाउनका लाथि बाथरुम छिरेका एक व्यक्ति डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन् ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)का डडेल्धुरा जिल्ला समितिका कार्यवाहक सभापति पदम भण्डारी बाथरुममा मृत अवस्थामा फेला परेका हुन् ।

भण्डारी सोमबार दिउँसो होली खेलेर आफ्नै घरको बाथरुममा नुहाउनका लागि छिरेका थिए । ग्यास गिजर चलाएर नुहाउने क्रममा निस्सासिएर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यद्यपि घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ५ : २४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०