होली खेल्दैमा कोरोनाभाइरसको संक्रमण हुँदैन, तर भीडमा जाँदा खतरा ! | Khabarhub Khabarhub

होली खेल्दैमा कोरोनाभाइरसको संक्रमण हुँदैन, तर भीडमा जाँदा खतरा !

होलीमा प्रयोग गरिने रंगले छालामा समस्या : चिकित्सक


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार(आज) फागु पूर्णिमा अर्थात होली खेल्ने दिन । फागु पूर्णिमामा नेपालीहरु साथीभाइ, परिवार तथा आफन्तहरु एक आपसमा रंग लगाएर होली खल्ने गर्छन् ।

अघिल्ला वर्षहरुमा होलीको दिन युवायुवतीहरु सामूहिक रुपमा नै रंग बोकेर होलीमा रम्थे ।

होलीको अवसरमा शहरी क्षेत्रहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत हुने गरेको थियो । तर, यस वर्ष भने कोरोना भाइरसको त्रासका कारण सरकारले नै होली पर्व नमनाउन अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिममा राखेपछि सरकारले कोरोनाको संक्रमण भित्रन नदिन विभिन्न योजनाहरु ल्याएको छ ।

सरकारले कोरोना संक्रमणको जोखिम हुने भन्दै बढी भिडभाड हुने सभा, सम्मेलन लगायतका कार्यक्रम स्थगित गर्न निर्देशन दिइसकेको छ ।

कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै गृह मन्त्रालयले होली नखेल्न आग्रह गर्दै शनिबार नै सार्वजनिक सन्देश समेत प्रवाह गरीसकेको छ ।

गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा होलीको उत्सव र रौनकमा कोरोनाको संक्रमणको जोखिम हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

‘बढी भिडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रम कोभिड–१९ को सम्भावित जोखिमको सन्दर्भमा हाललाई स्थगित गर्न र नन्निकट होलीमा विगतमा जस्तै भिडभाड र भेलाजम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि पोखिमपूर्ण नै हुने हुँदा सो कार्या नगर्नु नगराउनुहुन आम दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अनुरोध छ ’ गृह मन्त्रालयले जारी गरेको सुचनामा भनिएको छ ।

होली पर्वमा हुने भिडभाड र प्रयोग गरीने पानीका कारण कोरोना संक्रमणको जोखिम हुने खतरा रहेको वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर भास्कर मोहन कायस्थले बताए ।

‘सरकारले कोरोना संक्रमणको जोखिम हुनसक्ने भन्दै होली नखेल्नु भनेको छ, होलीमा रंगकै प्रयोगले कोरोना सर्ने जोखिम हुने होइन,’ डा कायस्थले खबरहबसँग भने, ‘होली मनाउन मानिसहरु धेरै भिडभाडमा जान्छन्, पानी तथा लोलाहरुमा भिज्छन् । जसले गर्दा त्यो भिडमा कसैमा कोरोनाको संक्रमण रहेछ भने सर्ने सम्भावना हुन्छ, अर्को चिसो पानी र लोलामा धेरै समय भिज्दा चिसोका कारण निमोनिया हुने जोखिम हुन्छ । चिसो धेरै भएको समयमा कोरोना संक्रमित व्यक्तिसँग अन्जानमै भेट भयो भने त्यो व्यक्तिलाई छिटो संक्रमण हुनसक्ने भएकाले सरकारले होली नखेल्नु भनेको हो ।’

डा कायस्थका अनुसार होलीको लोला र रंगको प्रयोगले कोरोना संक्रमणको जोखिम मात्र होइन शरीरको छाला र सम्पूर्ण शरीरलाई नै असर पुग्न सक्छ ।

‘सरकारले होली नखेल्नु भनेपनि कतिपयले होली खेल्न सक्छन्, होलीमा कोरोनाको जोखिम त छदै छ, होलीमा प्रयोग हुने रंगले शरीरमा पनि असर पुर्‍याउँछ,’ डा कायस्थले भने, ‘आजभोलि प्राकृतिक रंग पाइँदैन, कुनैपनि केमिकल मिसाइएको रंग छालाको लागि त हानीकारक नै हो ।’

शरीरको बाहिरी छाला मात्र नभइ शरीरभित्र पनि रंगको असर पर्ने डा कायस्थले बताए ।

‘केमिकल मिसाइएको रंगको असर बाहिर छालामा मात्र होइन, रंग नाकबाट शरीरभित्र पस्यो भने फोक्सोलाई असर पर्छ, मुखबाट शरीरभित्र पस्यो भने पेटको लागि हानी हुन्छ आँखामा पर्दा आँखामा असर पर्छ,’ डाक्टर कायस्थले भने, ‘टाउकोमा रंग पर्दा कपालको जरालाई पनि असर पर्छ ।’

डा कायस्थका अनुसार बजारमा पाइने प्राकृतिक र केमिकल मिसाइएको रंगमा फरक हुन्छ ।

यदि पानीमा मिसाएर प्रयोग गरीने रंग सफा पानीले पखाल्दा सजिलै जान्छ भने त्यस्तो रंगमा केमिकल हुँदैन । तर, केमिकल मिसाइएको रंगमा साबुन पानीले हात धुँदापनि नपखालिने हुन्छ । त्यसैले परिवारभित्रै होली खेल्दा पनि केमिकल नमिसाइएको रंग प्रयोग गरेर खेल्नुपर्ने डा कायस्थ बताउँछन् ।

‘होली सरकारले नमनाउनु भनेपनि कतिपयले घरभित्रै परिवारबीच रंग लगाएर होली मनाउनुहुन्छ होला,’ डा कायस्थले भने, ‘यदी रंग लगाएर होली खेल्ने नै हो भने, पानी नमिसाएको रंग लगाएर खेल्ने र खेलिसकेपछि पुछिहाल्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।रंग शरीरभित्र गयो भने, फोक्सो, मिर्गौलालाई खराब गर्न सक्छ, शरीरभित्र एलर्जी हुने, निमोनीया हुने, कपाल झर्ने समस्या हुनसक्छ ।’

छालाको सुरक्षाका लागि होली खेल्नुअघि र खेलेपछि के गर्ने ?

ह्याम्स अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर कमल राज धितालका अनुसार हरेक वर्ष होलीपछि छाला सम्बन्धि समस्याका बिरामीहरु बढ्ने गर्छन् ।

‘होलीपछि एलर्जीको समस्या भयो, छाला सुख्खा भनेर धेरै जना आउने गर्छन्,’ डा धितालले खबरहबसँग भने, ‘ पहिला जस्तो प्राकृतिक रंग बजारमा पाइदैन, त्यसैले आजभोली बजारमा पाइने रंगले छालामा समस्याहरु देखिन्छ ।’

डा धितालका अनुसार होलीमा प्रयोग हुने रंगले छाला चिलाउने,फुस्रो हुने, सुख्खा हुने, कत्लाहरु देखिने, आँखहरु सुन्निने, आँखामा एलर्जी हुने,नङमा एलर्जी हुने, कपाल झर्ने समस्या हुने, अनुहारमा डन्डिफोहोर बढ्ने, चाया पोतो बढ्ने समस्याहरु देखिन्छ ।

रंगको असर छालामा पर्न नदिन होली खेल्नु अघि र खेलिसकेपछि छालाको केयरमा ध्यान दिनुपर्ने डा धितालले बताए ।

‘रंगको असर छालामा पर्न नदिन होली खेल्नुअघि अनुहार र शरीरको छालामा मोस्चराइजर क्रिम वा नरिवलको तेल राम्रोसँग लगाउनुपर्छ सन्सक्रिम र सनग्लास लगाउने, सकेसम्म पातलो खालको कपडा लगाउनु हुँदैन, शरीर ढाक्ने कपडा लगाउनुपर्छ,’ डा धितालले भने, ‘होली खेलेपछि पनि नुहाउने, फेस किलजिङ गर्ने, रंग नपखालिएमा मोस्चराइजर वा तेल लगाएर हटाउने, रंग गएन भनेर धेरै मिच्नु हुँदैन । एलर्जी वा घाउँ भयो भने डाक्टरसँग परामर्श लिनुपर्छ ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  १० : ०५ बजे

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा