होली खेल्दा अपनाउनुपर्ने १० सावधानी, अन्यथा परिएला कारबाहीमा ! | Khabarhub Khabarhub

होली खेल्दा अपनाउनुपर्ने १० सावधानी, अन्यथा परिएला कारबाहीमा !


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज फागुपूर्णिमा अर्थात रंगहरुको पर्व होली । हिन्दू संस्कृति अनुसार विष्णुका परम भक्त प्रह्लादसंग जोडिएको होली पर्वलाई असत्यमाथि सत्यको जीत भएको हुँदा सद्भावका रुपमा मनाइन्छ ।

किंवदन्ति अनुसार हिरण्यकश्यपुका पुत्र प्रह्लादले फुपु होलिकालाई आगो भष्म पारेको दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । रंग तथा सद्भावको पर्वका रुपमा मनाइने यस पर्वमा यस पटक निकै ठुलो असर परेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिएपछि सरकारले नेपालमा भीडभाड जम्मा हुने, धेरै मानिसबीच सम्पर्क हुने गतिविधि नगर्न सुझाव दिएको छ । तथापि होली खेल्नु परे निम्न कुरामा विशेष सावधानी अपनाउन जरुरी हुन्छ ।

१. सकेसम्म भिड वा धेरै मानिसको स्थानमा नजानुहोस् । संक्रमणको खतरा हुनसक्छ ।

२. जबर्जस्ती कसैलाई पनि रंग लगाउने, लोला हान्ने तथा इच्छा विपरित काम नगर्नहोस्, अन्यथा कानुनी कारबाही हुनसक्छ ।

३. सकेसम्म प्राकृतिक रंग र सफा पानीले मात्र होली खेल्नुहोस् ।

४. होली रङको मात्र खेल्नुहोस्, बिभिन्न प्रकारका पेन्ट, स्लिभर पेन्ट नगर्नुहोस् यसले अनुहार सहित स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँने गर्दछ ।

५. बाटो हिडेका मानिसलाई झुक्काएर लोला हान्ने नाममा कुनै अग्लो स्थान वा घरको छतको रेलिङमा नबस्नुहोस् अन्यथा लड्न सकिन्छ ।

६. होली खेल्दा बालबालिकालाई विशेष सावधानीमा राख्नुपर्छ, उनीहरुको गतिविधि नियाल्न जरुरी हुन्छ ।

७. बालबालिकालाई सडकमा होली खेल्न बन्देज गर्नुपर्छ, अन्यथा दुर्घटनामा पनि हुनसक्छ ।

८. बाटो छेकेर अपरिचित मानिसलाई रंग नलगाऔं, नत्र अभद्र व्यवहारको अपराधमा प्रहरीको फन्दामा परिएला ।

९. होलीको दिन रमाइलोका लागी भन्दै मदिरा वा भाङ खाएर सवारी नचलाऔं, दुर्घटनामा परिएला ।

१०. होली रंगको पर्वको हो, यसमा सद्भाव बाँढौं, सम्भावित दुर्घटनाबाट बचौं साथै कोही कसैले शंकास्पद गतिविधि गरेको देखेमा तुरुन्त प्रहरीलाई खबर गरौं ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ८ : ०१ बजे

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार