आयरल्याण्डबिरुद्धको टी - ट्वान्टी सिरिज अफगानिस्तानलाई | Khabarhub Khabarhub

आयरल्याण्डबिरुद्धको टी – ट्वान्टी सिरिज अफगानिस्तानलाई


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयरल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज अफगानिस्तानले एक खेल अगाबै जितेको छ ।

भारतको नोएडामा आइतबार भएको दोस्रो टी-ट्वान्टीमा २१ रनको जित निकाल्दै अफगानिस्तानले एक खेल अगाबै सिरिज २-० ले जितेको हो।

अफगानिस्तानले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका एन्डी बालब्रिनीले ४६ रन बनाए । ह्यारी टेक्टरए ३७ रन तथा केभिन ओ ब्रायनले १९ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमानले ३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । उसका अस्घर अफगानले ४९ रन जोड्दा रहमान उल्लाहले ३५ रन जोडे ।

जितसँगै तीन खेलको सिरिजमा अफगानिस्तानले २-० को अग्रता समेत बनाएको छ । तेस्रो  तथा अन्तिम टी – ट्वान्टी खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : १२ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको