होलीको रंगबाट आँखालाई कसरी बचाउने ? ( ७ टिप्स) | Khabarhub Khabarhub

होलीको रंगबाट आँखालाई कसरी बचाउने ? ( ७ टिप्स)


२६ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज देशको हिमालीसहित पहाडी जिल्लाहरुमा होली मनाइँदै छ ।

कोरोना भाइरसको महामारीका कारण होली नखेल्न सरकारको आग्रहमा तुलनात्मक रुपमा होलीको माहौल कम भएपनि यो पर्वमा रमाउनेहरुको भने कमी छैन ।

तर होली खेल्दा केही कुरामा सावधानी पुर्‍याउन सकिएन भने स्वास्थ्यमा गम्भिर समस्या हुनसक्छ । विशेषगरी होलीको रंगले छाला र आँखामा असर पार्दछ । रंगहरु सिधै आँखामा पर्दा यसले गम्भीर संकट निम्त्याउन सक्दछ । त्यसैले आँखालाई हानि नपुर्‍याउन निम्न कुरामा ध्यान दिनुपर्छ ।

१. होलीको रंगबाट आँखालाई बचाउन कालो चस्मा लगाएर होली खेल्नु उत्तम हुन्छ ।

२. होली खेल्ने रंग प्राकृतिक भए राम्रो मानिन्छ । रासायनिक रंगबाट होली खेल्नु हुँदैन ।

३. होलीको रंग कसैलाई पनि जबरजस्ती लगाउनु हुँदैन, अझ आँखा पाकेका ब्यक्तिलाई त भुलेर पनि आँखामा पर्न दिनुहुँदैन ।

४. यदि भुलवस आँखामा रंग गयो भने तत्काल सफा पानिले धुनुहोस् ।

५. आँखा चिलाए÷रातो भए कपासमा चिसो दुध राखेर आँखाको ढकनी माथि राख्नुपर्दछ ।

६. आँखा भित्र केही कण जस्तो महशुस भएमा सफा पानिमा टाउको डुबाएर आँखा खोलेर दायाँ बायाँ हेर्ने गर्नु पर्दछ । तर यस अघि अनुहारको सबै रंग धुनुपर्दछ ताकि पानिमा रंग घुल्न नपाओस् ।

७. यदि बारम्बार पानिले धुँदा पनि आँखा बिजाइरह्यो भने चिकित्सकको परामर्श लिनुपर्दछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार  ७ : ११ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०