विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्छः अध्यक्ष यादव | Khabarhub Khabarhub

विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्छः अध्यक्ष यादव


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा आज आयोजित सर्वपक्षीय अन्तरक्रियामा अध्यक्ष यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा गएको बताउँदै अध्यक्ष यादवले सरकार संविधान संशोधन गर्न तयार नभएपछि सरकारवाट बाहिरिएको बताए ।

स्थानीय तहका जनप्रतिनिधिहरूले विकासभन्दा उपभोक्ता समिति बनाउनेतर्फ सक्रिय भएकाले उपभोक्ताभन्दा विकासप्रति सबैले समर्पित हनु आवश्यक रहेको उनले बताए ।

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि तत्काल ६५ बिघा जग्गा पर्याप्त रहेकोले उक्त जग्गा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा आएपछि काम अगाडि बढने दाबीसमेत उनले गरे ।

भारत सरकारको सहयोगमा निर्माणाधीन छात्रावासको निर्माण कार्य अगाडि बढाउनुपर्ने बताउँदै अध्यक्ष यादवले राजविराजको छात्रावासलाई व्यवस्थित गर्न नरसिंह कलेज निर्माण गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : ०० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६