कोरोना भाइरस रोकथाम अझै अनिश्चित, समयमै सावधानी नअपनाउँदा फैलियो महामारी | Khabarhub Khabarhub

कोरोना भाइरस रोकथाम अझै अनिश्चित, समयमै सावधानी नअपनाउँदा फैलियो महामारी

ज्यान गुमाउनेको संख्या ८१३ पुग्यो



काठमाडौं- गत महिना वुहान शहरका एक चिकित्सकले कोरोना भाइरसको संक्रमणबारे सार्वजनिक रुपमा खुलासा गर्दा उनीसहित ८ जनालाई शहरको प्रहरीले ‘हल्ला फैलाएको’ आरोपमा पक्राउ गर्‍यो ।

कोरोना भाइरसका कारण ती चिकित्सक ली वेनलियाङको शुक्रबार ज्यान गइसकेको छ । महामारीको रुप धारण गर्नुअघि नै यसबारे सार्वजनिक रुपमा खुलासा गर्ने चिकित्सकको ज्यान गइसकेपनि कोरोना भाइरस थामिएको छैन बरु यो विश्वका अन्य क्षेत्रमा समेत फैलिएको छ जुन निरन्तर जारी छ ।

सामाजिक सञ्जालमा मानिसहरु टिप्पणी गरिरहेका छन्, ‘नियन्त्रणबाहिर जानुअघि बेलैमा भाइरसको व्यापक स्तरमा रोकथाम तथा नियन्त्रणको प्रयास गरिनुपथ्र्यो, चीन यहीँ चुकेका कारण कोरोना भाइरस फैलिरहेको छ ।’

हुन पनि चिनियाँ अधिकारीले पहिले भाइरसको गम्भीरतालाई बुझ्न सकेनन । शुरुमा त चिनियाँ अधिकारीले भाइरसविरुद्ध ‘पर्ख र हेर’ को नीति अख्तियार गरेका थिए । समाचारमा जनाइएअनुसार चिनियाँ अधिकारीले जनवरी महिनाको अन्त्यसम्म भाइरसको प्रकोप आफैँ सकिएर जाने अपेक्षा गरेका थिए ।

कोरोना भाइरसले अनियन्त्रित रुप धारण गरिसकेपछि पनि चीनले यसको रोकथाम तथा नियन्त्रणतर्फ भन्दा पनि यसलाई सामान्यीकरण गर्न चाह्यो ।

भाइरसको प्रकोप बढ्दै जाँदा चिनियाँ अधिकारीले कोरोना भाइरसबारे पश्चिमा सञ्चारमाध्यमले मानिसमा डर छर्न भाइरसबारे जथाभावी समाचार छापेको र चीनविरोधी भावना बढाएको आरोप लगाउन पुग्यो ।

भाइरसको प्रकोपविरुद्ध चीनले ढिला गरिमात्र गम्भीर कदम चालेको र त्यसबेलासम्म निकै ढिला भइसकेको टिप्पणी पनि सामाजिक सञ्जालमा देखिन थालेका छन् ।

भाइरसका कारण करिब २० जनाको ज्यान लिसकेपछि मात्र चीन सरकारले भाइरस नियन्त्रण प्रयासमा भाइरसको केन्द्रविन्दु रहेको वुहान शहर ठप्प पार्ने, शहरमा यात्रा प्रतिबन्ध लगाउने कठोर कदम चाल्न पुगेको थियो ।

शहर ठप्प पार्ने निर्णय अघिसम्म चिनियाँ नयाँ वर्षको अवसरमा मानिसहरु भोजभतेर र खुशियालीमा रमाइरहेका थिए । नयाँ वर्षको हुलमुलले भाइरस संक्रमणलाई अझ तीब्र बनायो ।

शहर ठप्प पार्ने तथा यात्रा प्रतिबन्ध लगाउने सरकारी घोषणाले मानिसहरु एकाएक आतंकित बन्न पुगे । चीन सरकारले भाइरस नियन्त्रणको कठोर कदम चाल्ने बेलासम्म भाइरस नियन्त्रणबाहिर गइसकेको थियो ।

कोरोना भाइरसले महामारीको रुप लिन थालिसकेपछि भने चीनले नियन्त्रणका लागि १ करोड १० लाख मानिस बसोबास गर्ने चीनको सातौं ठूलो वुहान शहरलाई पूरै ठप्प पारी भाइरस रोकथामको प्रयास गरिरहेको छ ।

यसका लागि दशौं हजार चिकित्सक तथा स्वास्थ्यकर्मी समेत परिचालन गरिएको छ । केही अघिमात्र चीनले ८ दिनमै अस्पताल बनाएर विश्वभर सरहाना नपाएको पनि होइन । तर, कोरोना भाइरसको महामारी नियन्त्रणमा आउनु त परको कुरा यो अझ तीब्र गतिमा बढिरहेको छ भने यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या अनपेक्षित रुपमा बढ्दै नै गइरहेको छ ।

आधिकारिक तथ्याङ्क अनुसार हालसम्म चीनमामात्र कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ८ सय १३ नाघिसकेको छ । चीनबाहिर फिलिपिन्समा भाइरसबाट एक जनाको ज्यान गएको पुष्टि भएको छ भने विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमण पुगिसकेको छ ।

अरु ३५ हजारभन्दा धेरैमा यसको संक्रमण देखिएको छ । तरपनि मानिसहरु अझ आतंकित नहुन् भन्नाका लागि चीनले संक्रमित तथा ज्यान गुमाउनेको सङ्ख्या घटाएर सार्वजनिक गरेको भनेर सामाजिक सञ्जालमा गाईँगुईँ चलिरहेका छन् ।

यसलाई बल पुग्नेगरी चिकित्साक्षेत्रमा प्रतिष्ठित लान्सेट जर्नलले हालै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक अध्ययन प्रतिवेदनमा दुई साताअघिसम्म सरकारी दाबीभन्दा निकै धेरै करिब ७५ हजार ८ सय जनामा कोरोना भाइरसको संक्रमण फैलिएको र एक साताभित्र यो भाइरसको महामारी बेइजिङ र साङ्घाईसम्म पुग्नसक्ने उल्लेख छ ।

शुरुमा भाइरसबारे चिकित्सक ली वेनलियाङले खुलासा गर्दा यसलाई गम्भीर रुपमा लिनु त कता हो कता, उल्टै तिनै चिकित्सकलाई हल्ला फैलाएको आरोपमा पक्राउ गर्नुले जनस्वास्थ्य संकटका लागि चीन कति लापरवाह थियो भन्ने स्पष्ट हुन्छ । यसले आर्थिक रुपमा तीब्र गतिमा अघि बढिरहेपनि रोग तथा संक्रमण रोकथाम र नियन्त्रणको क्षेत्रमा चीनले अझै धेरै उन्नती गर्न बाँकी रहेको सन्देश गएको छ ।

कसरी फैलियो कोरोना भाइरस ?

अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्र भन्छ, सामान्यतया मानिसमा देखिने कोरोना भाइरसजस्ता ४ मध्ये ३ संक्रमण जनावरबाट मानिसमा सर्ने गरेको देखिएको छ ।

वैज्ञानिकहरु पनि जनावरले यस्तो संक्रमण मानिसमा सार्ने बताउँछन् । समाचार संस्था ब्लूमबर्गले पनि इकोहेल्थ अलायन्स नामक गैर नाफामूलक संस्थाका ‘रोग परिस्थिति’ विज्ञ पिटर डास्कलाई उद्धृत गर्दै यो भाइरस दक्षिणी चीनको युनान प्रान्तको गुफामा बस्ने चमेराले मानिसमा फैलाएको हुनसक्ने उल्लेख गरेको छ ।

चमेरासहितका जनावरको शरिरमा कोरोना भाइरसजस्ता जिवाणु रहने र तिनै जनावरको सम्पर्कमा आएपछि ती जनावरले मानिसमा यस्तो जिवाणु सार्ने वैज्ञानिकहरु बताउँछन् ।

गत डिसेम्बर महिनामा वुहानमा देखिएको नयाँ भाइरसका शुरुका संक्रमित ४१ मध्ये अधिकांश मानिसहरु स्थानीय हुआनान पशु बजारमा नियमित गइरहने मानिसहरु थिए ।

माछा, खसिबोका, चमेरा, कुखुरालगायतको व्यापार हुने सोही बजारमा पशुबाट मानिसमा कोरोना भाइरसको संक्रमण शुरु भएको हुनसक्ने आशंका छ । त्यस बजार अहिले बन्द गरिएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरस अहिले नेपालसहित एशिया, युरोप, अस्ट्रेलिया तथा अमेरिकी महादेशसम्म पुगिसकेको छ । केही मुलुकहरुले महामारीग्रस्त क्षेत्रबाट आफ्ना नागरिकलाई स्वदेश फर्काएर विशेष चेकजाँच ‘क्वारेन्टाइन’ गरिरहेका छन् भने नेपालसहित अरु मुलुकहरुले यसको प्रक्रिया अघि बढाएका छन् ।

अस्ट्रेलियाले त महामारीग्रस्त क्षेत्रबाट आउने मानिसको क्वारेन्टाइनका लागि क्रिसमस टापुमा विशेष बन्दोबस्त मिलाएको छ ।

तर, सबै मुलुकहरु खासगरी नेपालजस्ता कम विकसित मुलुकमा महामारीग्रस्त क्षेत्रका आफ्ना नागरिकको उद्धार एवं क्वारेन्टाइनका लागि पूर्वाधार, जनशक्तिको अभाव नौलो कुरा होइन ।

बढ्दो दबाबबीच यस्ता मुलुकहरुले शुरुमा आफ्ना नागरिकलाई कुनै प्रबन्ध नगरी स्वदेश फर्काउनसक्ने र यसबाट विश्व नै भाइरसको चपेटामा पर्नसक्नेतर्फ चनाखो हुन पनि उत्तिकै आवश्यक रहेको जानकारहरु औँल्याउँछन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १० : १२ बजे

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको