दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु | Khabarhub Khabarhub

दाउरा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु र १३ घाइते भएका छन् ।

मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक खत्रीका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु८३त ६८९० नंको ट्र्याक्टर अचानक ब्रेक फेल भई शनिबार दुर्घटनामा परेको थियो ।

दुर्घटनामा दुधौली नगरपालिका वडा नं १ गिचियानी बस्ने ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

स्थानीय ५० वर्षीय दबु धामी, २२ वर्षीय दिपेश पुरी, ३० वर्षीया सीता धामी, १५ वर्षीया मीरा धामी, २० वर्षीया सुनिता चौधरी, २० वर्षीया मनिषा कुमर, २८ वर्षीया कुमारी कुमर, १२ वर्षीय लक्ष्मण कुमर, ३२ वर्षीय रामकुमार कुमर र ट्र्याक्टर चालक ३० वर्षीय कुलबहादुर तामाङ घाइते भएका थिए । घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ८ : ०५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६