फेसबुक एकाउन्ट बेचेर पनि कमाउन सकिन्छ पैसा | Khabarhub Khabarhub

फेसबुक एकाउन्ट बेचेर पनि कमाउन सकिन्छ पैसा


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १६ बर्षअघि स्थापना भएको फेसबुकले वर्षेनी अबौँ रुपैयाँ नाफा बढाउँदै लगेको छ ।

कम्तिमा दुई करोड प्रयोगकर्ता दैनिक एकै समयमा सक्रिय अवस्थामा रहँदा फेसबुकले आफ्नो मुनाफालाई ह्वात्तै बढाउन सफल भएको छ ।

फेसबुकले मूलतः दुई तरिकाले कमाई गरिरहेको खुलेको छ ।

फेसबुकमा विज्ञापन र कन्ट्रयाक्ट प्रमोशनको माध्यमबाट एवंम आफ्ना प्रयोगकर्ताको डाटाको माध्यमबाट फेसबुकले आम्दानी गर्दै आएको छ । डाटाको हिसाबले एक अमेरिकी प्रयोगकर्ताको फेसबुक प्रोफाइलको मुल्य २३ हजार नेपाली रुपैयाँ हुन आउँछ ।

वर्ष २०१८ र २०१९ मा फेसबुक डाटा प्राइभेसीहरुको निकै विवादहरुबाट घेरिएको थियो । तर पनि फेसबुकले सन् २०१९ को अन्तिम त्रैमाशिकमा ६.८८ बिलियन डलर नाफा कमाएको छ ।

यसबाट कम्पनीको कुल मुनाफा ३० प्रतिशतले बढेर १६.६४ बिलियन डलर  पुगेको छ । यस समयमा दैनिक फेसबुक चलाउने र मासिक रुपमा फेसबुक चलाउने दुबैमा करिब ९ प्रतिशतले बढोत्तरी भएको छ ।

फेसबुकजस्ता फ्रि वेबसाइटहरुले प्रयोगकर्तालाई फ्रिमा प्रयोग गर्न दिएर डाटालाई संकलन गर्दछन र त्यसैको आधारमा विज्ञापनहरु प्रसारण गरेर पैसा कमाउँने गरेको खुलेको हो ।यस आधारमा प्रयोगकर्ताको फेसबुक एकाउन्टको मूल्य समेत निकालिएको छ ।

विज्ञहरुले उदाहरण दिदै यसबारे अझ प्रष्ट पारेका छन ।यदी कसैको फेसबुक डाटाको पुरा फाइल ९४० एमबीको छ । त्यसमा गएको तीन वर्षदेखि प्रयोगकर्ताले फेसबुक चलाउँदै आएको छ भने यस फाइलमा प्रयोगकर्ताको पूरा जानकारी रहेको हुन्छ ।

जस्तो प्रयोगकर्ताले हालसम्म फेसकबुकमा के शेयर गर्‍यो, त्यसमा पर्सनल वा अन्य पोस्टहरु, फोटोहरु, साथीहरुसँग गरेको च्याटहरु रहेका हुन्छन् ।

यसबाहेक ती इभेन्टहरु पनि रहेका हुन्छन जसमा प्रयोगकर्ताको उपस्थिति रहेको हुन्छ । जस्तो कहिले कलेज ज्वाईन गर्नुभयो, कति वर्ष समयसम्म रिलेशनसिपमा रहको, तपाईँले कहिले कुन लिङ्क वा विज्ञापनमा क्लिक गरेको आदी ।

यी सबै जानकारी फेसबुकसँग रहेको हुन्छ जसलाई फेसबुकले बिश्लेषण गरेर प्रयोगकर्ताको बारेमा केहि अनुमान पनि बनाएर राख्ने गर्दछ ।

यावत आधारमा फेसबुकले विज्ञापनदातालाई ती डाटालाई बेच्दछ । यस्तो प्रोफाइलमा विश्वका अन्य फेसबुक प्रोफाइलको तुलनामा अमेरिकी फेसबुक प्रोफाइल पाँच गुणा महङ्गो रहेको पाइएको छ ।

युजरका प्रोफाइलहरुको एक वर्ष पहिलेको रेटमा हिसाब गर्दा एक अमेरिकी नागरिक बराबर औसत २ सय डलर अर्थात नेपाली करिब २३ हजार रुपैयाँ हुन आउँछ ।

त्यस्तै विश्वका अन्य युजरहरुको डाटा करिव ४ हजार ५०० रुपैयाँ हुन आउँदछ । यस आधारमा पाली फेसबुक प्रयोगकर्ताको एकाउन्टको मुल्य औषतमा करिव ४ हजार ५ सय रुपैयाँको रहेको मान्न सकिन्छ । नेपालमा करिब ९१ लाख यूजर फेसबुकमा रहेको अनुमान छ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ६ : ५४ बजे

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का