उदित नारायण झाका छोरासँग बिहे गर्लिन् नेहा कक्कडले ? | Khabarhub Khabarhub

उदित नारायण झाका छोरासँग बिहे गर्लिन् नेहा कक्कडले ?


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा जमेकी गायिका नेहा कक्कड आजभोलि ‘इन्डियन आइडल’ का कारण चर्चामा छिन् । यो शोका कारण उनको थप चर्चा चुलिएको छ ।

उनले नेपालमा कन्सर्ट गरेर पनि दर्शक झुमाइसकेकी छिन् ।  इन्डियन आइडलमा सहभागीता जनाउने प्रतियोगीको कहानी सुनेर नेहा कहिलेकाहीँ भावुक बन्ने गर्छिन् । यो शो भारतमा निकै हिट छ ।

‘इन्डियन आइडल’ को शोको सेटमा नेहाले बिहेको तयारी गरेको भारतीय मिडियाले लेखेका छन् । उक्त शो अझै प्रसारण भएको छैन । सेटमा नेहाले बिहे गर्ने युवकको परिवार पनि देखाइएको छ । जुन परिवारले नेहालाई बुहारी मानेको सेटमा देखाइनेछ ।

नेहाको बिहेको खबर तब चल्न थाल्यो, जब होस्ट आदित्य नारायणका बुबा आफ्नी पत्नीका साथ सेटमा पुगे । भारतीय मिडियाका अनुसार आउँदो एक एपिसोडमा उदित नारायण झा र उनकी पत्नी इन्डियन आइडलको सेटमा पुग्नेछन् । यो शोमा नेहालाई आदित्यले आफ्ना छोरासँग नाम जोड्नेछन् । र, जिस्काउनेछन् ।

बलिउडमा यतिबेला खबर फैलिएको छ, नेहाको र आदित्यको बिहे होस् भन्ने उदितनारायणले चाहेका छन् । तर नेहाले भने यसबारेमा कहिल्यै केही बोलेकी छैनिन् ।

यति मात्र होइन कि, उदितकी पत्नी दीपा नारायणले पनि नेहालाई बुहारी बनाउन चाहेको चर्चा चल्न थालेको छ ।

त्यसो त यो गसिपलाई कतिपयले ‘इन्डियन आइडल’ को एक हिस्साका रुपमा मत्र लिएका छन् । किनकि, होस्ट बनेका आदित्य नेहासँग जिस्किरहेको प्राय: देख्न सकिन्छ । यद्यपि नेहाले आदित्य नारायणसँग जोडी बाँध्नेछिन् कि छैनिन् त्यो भने हेर्न बाँकी छ ।

यसअघि नेहाको प्रेम कलाकार हिमांश कोहलीसँग थियो । ब्रेकअपपछि नेहा चोटमा परेकी थिइन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  ४ : ५९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका