ठेकेदारले काम रोक्दा मन्त्रीलाई चिन्ता, एक्लै पुगे बन्चरेडाँडा | Khabarhub Khabarhub

ठेकेदारले काम रोक्दा मन्त्रीलाई चिन्ता, एक्लै पुगे बन्चरेडाँडा


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा अवरोध भएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माण स्थलको छड्के अनुगमन गरेका छन् ।

गत शुक्रबार मात्रै काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधिसहित बन्चरेडाँडा पुगेर कामलाई तिब्रता दिन निर्देशन दिएका मन्त्री मानन्धर बिहीबार बिहान एक्लै आयोजना स्थल पुगेका हुन् ।

मन्त्री मानन्धरले आयोजना स्थलमा देखिएको अवरोध अन्त्यका लागि पहल स्वरुप बन्चरेडाँडा गएको बताए । ठेकेदारले काम रोकेको खबर पाएपछि अनुगमनमा गएको बताउँदै मन्त्री मानन्धरले आयोजना सम्पन्न गर्नका लागि बजेटको अभाव नभएको बताए ।

‘सहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरुले बजेट अभाव नभएको बताए पनि नियोजित रुपमा काम रोकिएको देखिन्छ’ मन्त्री मानन्धरका प्रमुख स्वकिय सचिव ओम राजबाहकले भने- ‘काम रोक्ने ठेकेदार र आयोजना प्रखुखसँग मन्त्रीज्यूले स्पष्टिकरण लिने तयारी गर्नुभएको छ ।’

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल र आयोजना निर्देशक पदम मैनालीले फागुन पहिलो साताभित्र ल्यान्डफिल साइटको सेल नम्वर एकको निर्माण सम्पन्न गर्ने बताएका थिए । तर काम रोकिएपछि मन्त्री मानन्धरले स्थानीयसँग पनि छलफललाई तिब्रता दिएका छन् ।

‘प्रधानमन्त्रीले काठमाडौंको फोहर व्यवस्थापन दीर्घकालिन रुपमा समाधान हुने यो आयोजनालाई तिब्र रुपमा अघि बढाउन निर्देशन दिनुभएको छ’ मन्त्री मानन्धरले भने- ‘आयोजना प्रमुखहरुले गलत रिपोर्टिङ गर्ने र ठेकेदारले काम रवक्ने दोहोरी चरित्र देखियो। अब कारबाहीको प्रक्रिया अघी बढाउँछु ।’

आफू मन्त्री भएपछि तीन पटक आयोजनाको अनुगमन गरिसकेको बताउँदै मन्त्री मानन्धरले संघीय राजधानी काठमाडौं र उपत्यकाको फोहर व्यवस्थापनमा बाधा उत्पन्न गराउनेको नाम सार्वजनिक गर्ने बताए ।

राज्यमन्त्री मानन्धरले कम्तिमा सय वर्षका लागि उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बन्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल्ड साइटको पहिलो फेज फागुन भित्र निर्माण सम्पन्न हुने वातावरण आफुले बनाउने बताउँदै स्थानीयका जायज माग सबै पूरा हुने बताए ।

स्थानीयसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै राज्य मन्त्री मानन्धरले हाल स्थानीय आयोजनामा देखिएको अवरोध अन्त्य गर्न सहमत भइसक्दा पनि काम रोकिनु गलत भएको बताए ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकालाई सुन्दर सहर निर्माण गर्नका लागि बन्चरेडाँडाको भुमिका निर्विकल्प रहेको बताउँदै आफु पनि यही क्षेत्रको भएकाले बन्चरेडाँडा वरपरका स्थानीयको समस्याको सुनुवाइ गर्दै कामलाई तिब्रता दिने बताए ।

यस अघिका सरकारले जनताको हितमा काम गर्न नसक्दा समस्या बल्झिएको बताउँदै नियमित अनुगमन र नजगुनासो सम्बोधनका लागि आफु नियमित रुपमा बन्चरेडाँडा आउने प्रतिवद्दता समेत जनाए ।

१३ वर्षदेखि चर्चामा रहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइडमा आयोजनालाई आफूले नजिकबाट नियालिरहेको भन्दै राज्यमन्त्री मानन्धरले आयोजनामा देखिएका समस्या आफ्नै अग्रसरतामा समाधान गरि नमूना आयोजनाको रुपमा सम्पन्न गर्ने दाबी समेत गरे ।

सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय संकल्प पुरा गर्नका लागि सरकार लागिपरेको बताउँदै मन्त्री मानन्धरले प्रधानमन्त्रीको सपना साकार पार्न आम नागरिक पनि लागिपर्नुपर्ने बताए ।

काठमाडौं सहित देशभरका सहरी क्षेत्रको फोहर व्यवस्थापनमा नयाँ प्रविधिको प्रयोगमा जोड दिइने बताउँदै मन्त्री मानन्धरले बन्चरेडाँडाबाट निस्कने लिचड व्यवस्थापन र रिफइनरीका लागि पनि काम थाल्ने प्रतिवद्वता जनाएका छन् ।

आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । आयोजना सम्पन्न गर्न सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १२ : ४४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली

नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौं– नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त

भूकम्पीय जोखिम न्यूनीकरणका लागि बृहत् फोटो प्रदर्शनी

काठमाडौं– भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यले बुधबार बृहत्

महोत्तरीमा आगलागी हुँदा ३० घर जलेर नष्ट

जनकपुरधाम– महोत्तरीमा आगलागी हुँदा करिब ३० वटा घर जलेर नष्ट