राजपरिवारको वरिष्ठ सदस्यबाट पछि हट्ने ह्यारी–मेगनको घोषणा, आत्मनिर्भर हुन काम गर्ने | Khabarhub Khabarhub

राजपरिवारको वरिष्ठ सदस्यबाट पछि हट्ने ह्यारी–मेगनको घोषणा, आत्मनिर्भर हुन काम गर्ने


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत– बेलायतकी महारानी एलिजावेथका नाती प्रिन्स ह्यारिले आफू र पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने घोषणा गरेका छन् । र आफूहरुले अब आर्थिक रुपमा स्वतन्त्र बन्नका लागि काम गर्ने बताएका छन् ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले सिरियर राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा गरेका हुन् ।

राजकुमार ह्यारी र मेगनले एक वक्तव्य जारी गर्दै भनेका छन् कि उनीहरु अब बेलायत र उत्तरी अमेरिकामा आफ्नो सयम बेतित गर्नेछन् ।

शाही जोडीले यो घोषणा भन्दा पहिला शाही परिवारका कोही पनि सदस्यसँग कुनै सल्लाह नगरेको र उनीहरुको फैसलाले शाही परिवजार निराश रहेको बीबीसीले जनाएको छ ।

यो घोषणाले राजपरिवारका वरिष्ठ सदस्यहरु निकै दुखी भएको बीबीसीले उल्लेख गरेको छ ।

बुधबार उनीहरुको इन्स्टाग्राम पेजमा पनि राखिएको वक्तव्य धेरै महिनादेखिको आन्तरिक छलफलपछिको निर्णय रहेको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘हामी राजपरिवारको शीर्ष सदस्यबाट पछि हट्न चाहन्छौँ र वित्तिय रुपमा स्वतन्त्र हुनका लागि काम गर्न चाहन्छौँ । तर महारानीलाई पूर्ण रुपमा सहयोग र समर्थन गर्ने छौँ ।’

यस्तै बेलायत र उत्तर अमेरिका बसाइको समय व्यवस्थापन गर्ने उल्लेख छ । मेगन अमेरिकी अभिनेत्री हुन् । बेलायत र उत्तर अमेरिकाबिच समय मिलाउनुको उद्देश्य छोरालाई उपयुक्त वातावरणमा हुर्काउनु रहेको उल्लेख गरिएको छ ।

पछिल्लो घोषणाले राजपरिवारमा दरार सिर्जना गरेको र ह्यारी र मेगन एक तर्फ तथा राजपरिवारका अरु सदस्य अर्को तर्फ देखिएको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १० : ३८ बजे

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी