६ महिनादेखि आफन्तको पर्खाइमा छिन् दार्जिलिङकी डिकी तामाङ | Khabarhub Khabarhub

६ महिनादेखि आफन्तको पर्खाइमा छिन् दार्जिलिङकी डिकी तामाङ


२४ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा विगत ६ महिनादेखि एक महिला बेवारिसे अवस्थामा रहेकी छन् ।

प्रहरीले सडकबाट उद्धार गरी ६ महिना अगाडि अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिदिएको थियो । उनी हाल रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक कोही पनि लिन नआएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले महिलाको आफन्त खोजी दिन वा संरक्षण गरिदिन सरोकारवाला निकायसमक्ष अनुरोध गरेको छ ।

राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न नसक्ने ती महिला आफू भारतको दार्जिलिङ बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । कसरी नेपाल आइन भन्ने उनी स्वयंलाई थाहा छैन । उनले छिरिङ नाम गरेको आफ्नो छोरो रहेको जानकारी दिएकी छिन् । दोहोरो कुराकानीसमेत गर्न नसक्ने उनी आफ्नो नाम डिकी तामाङ भएको बताउँछिन् ।

करिब ६० वर्षीया उनलाई प्रहरीले खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो । अस्पतालको मेडिकल वार्डका इञ्चार्ज बिपी चौधरीले आफन्तको खोजी गरे पनि पत्ता लाग्न नसेको बताउनुभयो ।

‘रेखदेख गर्ने आफन्त नभएका कारण अस्पतालले उनको सरसफाइमा दैनिक १०० रुपैयाँ खर्च गरिरहेको छ,’ उनले भने, ‘बिरामी आफैँ हिँड्डुल गर्न सक्ने अवस्था छैन ।’

सामाजिक अभियन्ता पुण्यप्रभा सुब्बाले महिलाका आफन्तको खोजीका लागि सक्रिय भएको बताइन् ।  विभिन्न सञ्चारमाध्यम तथा सम्पर्क व्यक्तिमार्फत महिलाको आफन्तको खोजी गरिरहेको सुब्बाले बताइन् ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहीबार  १० : ४१ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली